धिमाल भाषाको चलचित्र निर्माण हुने, खोरि चाम्दीको शुभमुहर्त – Satabdi News

धिमाल भाषाको चलचित्र निर्माण हुने, खोरि चाम्दीको शुभमुहर्त

बेलबारी । धिमाल भाषाको चलचित्र खोरी चाम्दी (सौतेनी छोरी) को एक कार्यक्रमको बिच शुभमुहर्त गरिएको छ ।
बेलबारी १०, माटिगाउँ स्थित ग्रामथानमा बिहिबार एक कार्यक्रमका बिच चलचित्रको शुभमुहर्त गरिएको हो । धिमाल जातिय विकास केन्द्रका महासचिव केदार धिमालले नरिवल फुटाएर चलचित्रको शुभमुहर्त गर्नु भयो । कार्यक्रममा बोल्दै उहाँले चलचित्रले धिमाल समाज भित्र रहेको विकृति, विसंगति हटाएर सृजनसिल हुने प्रेरण दिन सकोस भनेर शुभकामना दिनुभयो ।

कार्यक्रममा धिमाल जातिय विकास केन्द्र, महासभाको पुर्व सचिव ताराबहादुर धिमाल, पुर्व केन्द्रिय सदस्य मातृका धिमाल, धिमाल विद्यार्थी मन्चको केन्द्रिय अध्यक्ष तिलक धिमाल, धिमाल पत्रकार मन्चको केन्द्रिय अध्यक्ष विजय धिमाल, माटिगाउँका माझी बाराङ मेघनाथ धिमाल, टोल अध्यक्ष धनबहादुर धिमाल लगायतको उपस्थिती रहेको थियो । सन्तोष धिमाल, रेजिना धिमाल चलचित्रको मुख्य कलाकार हुन् भने अष्टनारायण धिमाल निर्माता तथा कथा लेखक हुन् । श्रीप्रसाद धिमाल र बिक्रम धिमालले निर्देशन गर्ने चलचित्रको छायांकन आत्मा धिमाल र उमेश धिमालले गर्ने छन् । एक माहिनामा सुटिङ सकेर बैशाख सम्ममा चलचित्र प्रदर्शनमा ल्याउने लक्ष्य रहेको निर्माता अष्टनारायण धिमालले बताउनुभयो । चलचित्र निर्माणका लागि करिब ५ लाख रुपैयाँ खर्च हुने निर्माण पक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "धिमाल भाषाको चलचित्र निर्माण हुने, खोरि चाम्दीक..." A few seconds ago

सम्बन्धित खवर