स्मृति राईको अध्यक्षतामा सबियु धनकुटा बहुमुखी क्याम्पस गठन – Satabdi News

स्मृति राईको अध्यक्षतामा सबियु धनकुटा बहुमुखी क्याम्पस गठन

धनकुटा । धनकुटा बहुमुखी क्याम्पसमा समाजबादी विद्यार्थी युनियन इकाई कार्यसमिति गठन भएको छ ।

सम्मेलनबाट अध्यक्ष स्मृति राई, उपाध्यक्ष देबिका राई, सुष्मा राई, सचिब दिल कुमारी तामाङ, सह सचिब नमिता लिम्बु, कोषाध्यक्षमा सुजन राई र अन्य १७ सदस्य गरि २३ कार्यसमितिको चयन गरिएको छ । केन्द्रीय सचिब रामचन्द्र राईको प्रमुख आतिथ्य, समाजबादी पार्टी नेपाल धनकुटाका जिल्ला अध्यक्ष बलबहादुर राई, सहसचिव देबि कटुवाल र विद्यार्थी केन्द्रीय सदस्य बरदान हाङ्खिम राईको बिशेष आतिथ्यमा समाजबादी विद्यार्थी युनियन बहुमुखी क्याम्पस इकाई कार्यसमिति गठन भएको हो । कार्यक्रमको प्रमुख अतिथि रामचन्द्र राईले विद्यार्थीहरुको न्याय समनता र अधिकारको लडाइँ लडने विद्यार्थी संगठन भनेको समाजबादी विद्यार्थी युनियन भएको बताउनु भयो । बहुभाषिक शिक्षा नीति, आसन्न स्वतन्त्र विद्यार्थी युनियनको  पुर्ण समानुपातिक समाबेशीको आन्दोलन गर्ने विद्यार्थी संगठन भनेको समाजबादी विद्यार्थी युनियन भएको बताउदै समाज परिवर्तन र रुपान्तरण संगै शैक्षिक रुपान्तरण गर्नको लागी सम्पुर्ण विद्यार्थीहरु समाजबादी विद्यार्थी युनियनमा एक हुन आग्रह गर्नुभयो ।  इकाई सम्मेलन सुम्निमा राईको अध्यक्षता सम्पन्न भएको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "स्मृति राईको अध्यक्षतामा सबियु धनकुटा बहुमुखी क..." A few seconds ago

सम्बन्धित खवर