बेलबारी आइडलको अडिसन साथै गित बिमोचन – Satabdi News

बेलबारी आइडलको अडिसन साथै गित बिमोचन

ऋषि राई
१८ माघ, बेलबारी । बेलबारी नगरपालिकाकै चर्चित र पहिलो गायन प्रतियोगिता सुर सप्तक बेलबारी आइडलको दोस्रो सिजनको दोस्रो अडिसन शनिबार सम्पन्न भएको छ।

बेलबारी वडा नं १ स्थित मदनमोहन सांस्कृतिक भवनको हलमा सुर सप्तक बेलबारी आइडलको अडिसन भएको हो।

दोस्रो दिनको अडिसनमा प्रतियोगीहरुको बाक्लो र उत्साहजनक सहभागीता रहेको थियो । बेलबारी नगर भित्रका विभिन्न वडाहरु बाट करिब २०० बढि सहभागीले अडिसन दिएका थिए। सहभागी मध्यबाट ६१ जना दोस्रो राउन्ड प्री सेमिफाइनलका लागी छनौट भए ।

उक्त अडिसन कार्यक्रमको सुभारम्भमा ” मेरो लागी प्यारो छ” र “तृष्णा त अब बाकी रहयो” गित बिमोचन गरिएको थियो। मेरो लागी प्यारो छ गितका रचनामा भिम बस्नेत, तिला लेकाली, प्रेम गुरुङ, तारा पराजुली, बादल देवि चाम्लिङ, कुमार बोक्खिम, जेबि थुलुङ रहेका छन। संगीत भिम बस्नेतको रहेको छ। गायनमा संजिव धिमाल, विवश मोते , टेकराज मगर , लक्ष्मी पौडेल, रविसन खत्री, सुदिक्षा भट्टराई, इया राइ, नविना पोख्रेल, सिजल रेग्मीको स्वर रहेको छ।

तृष्णा त अब बाकी रहयो गितमा सुर सप्तक बेलबारी आइटल पहिलो सिजनका बिजेता विवश मोतेको एकल गायन रहेको छ। रचना र संगित भिम बस्नेतको रहेको छ।

प्रतियोगिताको निर्णायकमा संगीतकार भिम बस्नेत, टेकराज मगर, शेखर थापा मगर , श्याम श्रेष्ठ छन्। अडिसनको प्रसारण कोशि टेलिभिजनबाट हुनेछ।

सन् २०१९ मा स्रष्ट्रा समाज बेलबारीले सुरु गरेको यो रियालिटी सो बेलबारी क्षेत्रकै पहिलो र चर्चित रियालिटी सो हो । बेलबारी आइडल पहिलो सिजनका बिजेता विवश मोते हो भने दोस्रो सिजन संचालनमा रहेको छ। प्री सेमिफाइनल माघ २५ गते आरोहण संगित बिधालयमा हुने कार्यक्रम संयोजक जेबि थुलुङले जनाए ।

दुई दिन भएको छनोट चरणको निर्णायकहरूमा संगितकार भीम बस्नेत, शेखर थापा मगर, गोपाल श्रेष्ठ र टेकराज मगर रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी आइडलको अडिसन साथै गित बिमोचन" A few seconds ago

सम्बन्धित खवर