१३ माघ, काठमाडाैं । विमानस्थलमा प्रहरीमाथि दुर्व्यवहार गर्ने गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
राउतलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर टेकुका प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले बताएका छन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी र आस्थाबीच भएको विवादमा प्रकाउ पुर्जी जारी भएपछि उनी प्रहरी कार्यालय पुगेकी थिइन् ।
उनलाई त्यहीबाटै नियन्त्रणमा लिइएको बोगटीले जानकारी दिए । आस्था कार्यक्रममा सहभागी हुन केही दिन नेपाल बाहिर थिइन् । यसअघि उनलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको थियो ।
माघ ५ मा गायिका आस्थाविरुद्ध प्रकाउ पुर्जी जारी भएको थियो ।
सार्वजनिक डटकमबाट