१२ माघ, केराबारी। उत्तरी मोरङको केराबारी गाँउपालिकामा शुक्रबार साँझ बम बिस्फोट भएको छ । अज्ञात समुहले साँझ ९.३० बजेकोमा बम बिस्फोट गराएको हो ।
बम बिस्फोट भएको गाँउपालिकादेखि केही मिटरको दुरीमा सुतली बम समेत सडकमा भेटिएको छ । बम बिस्फोटका कारण गापा कार्यलयको गेटमा साथै नजिकैमा जेनेटरमा बढी क्षती पुगेको छ । बम विप्लव समूहले बिस्फोट गराएको हुन सक्ने आशंका गरिएको छ ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक गुणराज बुढाथोकी पुगेका छन् । सडकमा भएको बम डिस्पोज गर्न नेपाली सेनाको टोली डिस्पोज गरे।