कानुन मन्त्री हिक्मत कार्कीद्धरा बेलबारीमा रहेको ट्राफिक प्रहरी कार्यालय उद्घाटन – Satabdi News

कानुन मन्त्री हिक्मत कार्कीद्धरा बेलबारीमा रहेको ट्राफिक प्रहरी कार्यालय उद्घाटन

८ माघ, बेलबारी । बेलबारी वडा नं १ मा रहेको अस्थाई ट्राफिक प्रहरी कार्यालयको आज एक औपचारिक कार्यक्रम बीच उद्घाटन भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि १ नं प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले रिविन काटेर कार्यलयको उद्घाटन गर्नु भएको हो ।

प्रमुख अतिथि मन्त्री कार्कीले बेलबारीमा रहेको ट्राफिक प्रहरी कार्यालय बनाउन सहयोगको पुर्याउन हुने सबै संघ संस्था, दातृ निकाय, ब्यक्तिहरुमा प्रदेश सरकारको तर्फबाट धन्यवाद व्यक्त गर्दै अब प्रदेशका जनताहरुलाई ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनिकरणका कामहरुलाई आगामी दिनहरुमा तिव्र भएर लाग्न समेत आग्रह गरे । यसै वीच केही राष्ट्रिय मिडियाहरुले प्रदेश र स्थानिय सरकारलाई बिकास काम नगरेको भन्दै भ्रमपुर्ण समाचार नछापन समेत आग्रह गरे ।

कार्यक्रममा बेलबारी नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदी, पुर्व समासद हर्कमान तामाङ, बेलबारी नगरपालिका उपप्रमुख ढाका कुमारी पराजुली, १ नं प्रदेश ट्राफिक प्रहरी प्रमुख भीम बहादुर दाहाल, केराबारी गापाका प्रमुख रोहित बहादुर कार्की, स्थानीय संघ संस्थाका प्रतिनिधिहरु उपस्थिति थियो । ट्राफिक प्रहरी कार्यालय बनाउन सहयोग पुर्याउनु हुने २०८ सहयोगी दाताहरुको नाम वाचन गर्दै सम्मान ब्यक्त गरे ।

कार्यक्रममा ट्राफिक कार्यालय अनुगमन समितिका संयोजक महेन्द्र सुबेदीले स्वागत मन्तव्य दिएका थिए । यसै वीच उपभोक्ता समितिको अध्यक्षको तर्फ मन्त्री हिक्मत कार्की, नगर प्रमुख ज्ञानेन्द्र सुवेदी, उप प्रमुख ढाका कुमारी पराजुली, १ नं प्रदेशका ट्राफिक प्रहरी प्रमुख भीम बहादुर दाहाल, प्रहरी उपरीक्षक राई, लगायतलाई मायाको चिनो प्रदान गरे ।

बेलबारी ट्राफिक प्रहरी उपभोक्ता समितिका कोषाध्यक्ष रुक्मिणी धिमालले आर्थिक प्रतिवेदन पेश गरे । धिमाल जातिको कलाकारहरुले नृत्य समेत प्रस्तुत गरे ।

कार्यक्रममा बेलबारी ट्राफिक प्रहरी कार्यालय उपभोक्ता समितिका अध्यक्ष प्रतापकुमार थापाको सभापतित्व भएको हो भने कार्यक्रम संचालन माधवराज थापाले गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कानुन मन्त्री हिक्मत कार्कीद्धरा बेलबारीमा रहेक..." A few seconds ago

सम्बन्धित खवर