विश्वको होचो ब्यक्ति ''खगेन्द्र थापा मगर'' को मृत्यु – Satabdi News

विश्वको होचो ब्यक्ति ”खगेन्द्र थापा मगर” को मृत्यु

३ माघ, पोखरा । होचा व्यक्तिको रुपमा विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा निधन भएको छ ।

केही समयदेखि स्वासप्रश्वासमा समस्या देखिए पछि मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएका खगेन्द्रको शुक्रबार (आज) दिउँसो निधन भएको हो ।

उपचारको लागि (आइसियु) मा भर्ना भएका थापा मगरको निधन भएको चिकित्सकहरुले बताए पनि मृत्युबारे अन्य कुरा भने खुलाइएको छैन । यसबारे थप रिपोर्ट अस्पतालले चाँडै दिने बताइएको छ ।

उनको शरिरमा हेमोग्लोबिनको कमी, सेतो रगत आवश्यक भन्दा बढी हुने जस्ता समस्या देखिदै आएको थियो ।
बाग्लुङको धुल्लुवासकोट ६ मा जन्मिएका खगेन्द्र थापा मगर ले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाउन सफल भएका थिए ।

५७ सेन्टिमिटर उचाई रहेको थापालाई वल्र्ड रेकर्ड टोलीले परीक्षण पश्चात विश्वकै सानो बच्चाको उपाधि दिएको थियो । गिनिज बुकमा नाम लेखाउन १८ वर्ष पुग्नुपर्ने प्रावधान रहेका कारण छ महिनापछि मात्र उनको रेकर्ड आधिकारिक रुपोमा प्रमाणित गरिएको थियो ।
जन्म भएको बेला खगेन्द्र मात्र ६०० ग्रामका थिए भने हालको तौल ५.५ किलोग्राम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "विश्वको होचो ब्यक्ति ”खगेन्द्र थापा मगर&#..." A few seconds ago

सम्बन्धित खवर