बेलबारी,। केही दिन अघि मालपोत कर्मचारीले घुष लिदै गर्दा एक कर्मचारी पक्राउ परेसंगै सेवाग्राहीको अवस्था र कार्यालयमा कर्मचारीको सेवा कस्तो छ भनि निरीक्षणमा निश्कियौंंं । कार्यलयमा आएका अधिकांस सेवाग्राहीहले कर्मचारीबाट पाउनुपरेको सास्ती बारे गुनासा राख्दै थिए । सो गुनासो बारे वुझ्न पुगेको संञ्चारकर्मीको अनुगमनबाट पनि पुष्टि भएको छ ।
बेलबारी मालपोत कार्यालयमा कार्यरत कर्मचारीको कार्यशैली हेर्दा पनि नागरिकको गुनासो सहि भएको पुष्टि हुन्छ । बेलबारी मालपोत कार्यालयका कर्मचारीबाट काम पूरा गराउनु ‘महाभारतको लडाई जित्नु सरह’ हुने गरेको सर्वसाधरणको गुनासो छ । यहाँका कर्मचारीले एक–दुई घण्टामा हुने काम पनि दुई–चार दिन झुलाई दिने गरेको सेवाग्राही बताउँछन् ।
बेलबारी मालपोत कार्यालयका कर्मचारी कतिबेला आउने र फर्कने भन्ने समयको टुङ्गो नहुने सर्वसाधरण बताउँछन् । पुस २९ गते मालपोत कार्यालय पुग्दा सर्वसाधरणको गुनासो यस्तै सुनियो ।
कार्यालयमा सेवाग्राही सर्वसाधरणको भिड देखिए पनि दिउँसो ३ बजे नै कार्यालयको मोठ फाँटमा ताला लगाइएको थियो । दिउँसै ताला लगाएर मोठका कर्मचारी कता निस्किए भन्ने पत्तो नभए पनि धेरै सर्वसाधरण कर्मचारी कतिबेला आउँलान् र काम सकेर घर फर्किने भनेर ढोकामै कुरेर बसिरहेका थिए ।
मोठ फाँटको ढोकामा कर्मचारीको खाजा खाने समय २ बजे देखि २ः३० बजेसम्म लेखिएको थियो । तर, यो समयको पनि कर्मचारीले पालना नगरेपछि असक्त, वृद्ध सेवाग्राही गुनासो गर्दै फाँट अगाडि कुरेर बसिरहेका थिए । धेरै समयको प्रतिक्षापछि मुकुन्द न्यौपाने नाम गरेका एक कर्मचारी आएर कार्यालयको ताला खोलेर कार्यकक्षमा पसे ।
सेवाग्राहीको कामलाई लत्याएर दिउँसै कार्यकक्षमा ताला झुण्ड्याएर बाहिर निस्किँदा आफूहरुलाई समस्या परेको गुनासो सर्वसाधरणले राख्न नपाउँदै कर्मचारी न्यौपाने बम्किए, ‘कार्यालय कतिबेला खुल्ने भन्ने कुरा तपाईको नियमले हुन्छ ?’ दुई कर्मचारी रहने उक्त फाँटमा अझै पनि अर्का एक कर्मचारी देखिएनन् ।
\

कर्मचारीले मनखुसी कार्यालयमा ताला झुण्ड्याएर बाहिर निस्किँदा सर्वसाधरण मारमा परेको बारे मालपोत प्रमुख योगेन्द्र दुलालसँग गुनासो राख्दा कर्मचारीको खाजा खाने समय १ बजेदेखि २ बजेसम्म मात्र भएको बताए । उनले सर्वसाधरणको गुनासो सुन्न आफू तयार रहेको बताए पनि गैरजिम्मेवार कर्मचारीलाई स्पष्टिकरण लिनेबारे कुनै कुरा गरेनन् ।
सर्वसाधरणको गुनासो सुनेर न्यौपानेको गैरजिम्मेवारीपनबारे कार्यालयको प्रमुखसँग कुरा गरेपछि मोठ फाँटका न्यौपाने थप रन्किए । संञ्चारकर्मी भएको मेसो पाएपछि कर्मचारी न्यौपाने मिडियाप्रति झनै खनिए र भने आफू २० वर्षदेखि जागिर खाइरहेको ‘रवाफ’ देखाउँदै न्यौपानेले मिडियाप्रति आक्रोश पोखे, ‘यस्ता मिडिया बन्द गरिदिनु पर्ने, पत्रकारलाई तुरुङमा हाल्नु पर्ने ।’
बेलबारी मालपोत कार्यालयका कर्मचारी सेवाग्राहीमैत्री त छैनन् , न त भवन नै सहज खालको छ । भाडाको घरमा रहेको भवन अपाङ, असक्त र वृद्धवृद्धालाई सेवा लिन समेत असजिलो खालको छ । कर्मचारीबाट हप्कीदप्की खानुपर्ने दैनिकी त यहाँका लागि सामान्य जस्तो छ । अर्जुन कुलुङ राई बाट