सिक्किम भोकमरी मुक्त राज्य हो - पुर्ब मुख्यमन्त्री पबन चाम्लिङ – Satabdi News

सिक्किम भोकमरी मुक्त राज्य हो – पुर्ब मुख्यमन्त्री पबन चाम्लिङ

१ माघ,  काठमाडौ । किरातहरुको नंया बर्ष येलेदोङ ५०८० को अबसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्दारा काठमाडौ स्थित सभागृह हलमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा छिमेकी राष्ट्र भारतको सिक्किम राज्यको पुर्ब मुख्यमन्त्री पबन चाम्लिङलाई किरात यलम्बर स्मृति सम्मान नगद रु २,२२,२,२२ (अक्षेरुपी; दुई लाख बाईस हजार दुई सय बाईस) गरिएको थियो । भारतको सिक्किम राज्यमा लगातार ५ पल्टक मुख्यमन्त्री जस्तो गरिमामय पदमा बसेर २५ बर्ष सम्म राम्रो काम गरेको हुनु हुन्छ ।

पुर्ब मुख्यमन्त्री पबन चाम्लिङले गिनिज वर्ड बुकमा आफ्नो नाम लामो समय सम्म राम्रो काम गर्ने मुख्यमन्त्रीको रुपमा रेकर्ड कायम गरिसक्न्नु भएको छ । सम्मान कार्यक्रममा चाम्लिङले भारतको सिक्किम भोकमरी मुक्त भएको राज्य हो । सिक्किम त्यो राज्य हो जहाँ भारतको बढी साक्षरता भएको राज्य हो । जुन साक्षरता बनाउने काम आफ्नो सरकारले गरेको बताउनु भयो । कार्यक्रमको प्रमुख अथिती प्रदेश नं १ को मुख्यमन्त्री शेरधन राईलाई आफ्नो कार्यकालमा जनताको न्युनतम आबस्यकता पुरा गर्ने काम गर्न सुझाव दिएका छन् । शिक्षाको ग्यारेन्टी, स्वास्थको ग्यारेन्टी र खाद्यान्नको ग्यारेन्टी जस्ता जनताको न्युनतम आबस्यकतामा काम गर्ने हो भने जनताले नेता कहिले भुल्ने छैन ।

आफ्नो देशको बिकास गर्नको लागी नेपालको मौलिक कला संस्कृतलाई प्रोत्साहन गर्नु पर्ने बताउनु भयो । सम्मान कार्यक्रमको अन्त्य तिर चाम्लिङले मेरो भौतिक शरीर नेपालमा भए पनि मेरो मन, मस्तिष्क सिक्किम जनता प्रती नै रहेको छ। म सरकार बाहिर भए पनि सिक्किमी जनताको सेवा र सिक्किमको बिकाश प्रती म सधै अघि हुने कुरा कार्यक्रममा बताउनु भयो ।

कार्यक्रमको अध्यक्षता किरात राई यायोक्खाको केन्द्रीय अध्यक्ष दिवस राईले गर्नु भएको थियो भने स्वागत मन्तब्य केन्द्रीय उपाध्यक्ष जीबन राईले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सिक्किम भोकमरी मुक्त राज्य हो – पुर्ब मुख..." A few seconds ago

सम्बन्धित खवर