राजेश पायल राईले तताए नलबारी, दर्शकबाट वान्स मोरको बर्षा – Satabdi News

राजेश पायल राईले तताए नलबारी, दर्शकबाट वान्स मोरको बर्षा

बेलबारी । शान्ति युवा समुह बेलबारी – ९ नवलबारीको आयोजनमा पिस म्युजिकल कन्सर्ट २०२० भब्यता साथ सम्पन्न भएको छ ।

नेपाल भ्रमण बर्ष २०२० लाई आफ्नो स्थानबाट स्वागत गर्न तथा लागु औषध सम्बन्धी सचेतनाका लागि ” सो नो टु ड्रस ” भन्ने मुल नाराका साथ नवलबारी चोकमा सांगीतिक कार्यक्रम सम्पन भएको हो । कार्यक्रममा हास्य कलाकार उमेश राई (फुलन्देकि आमा) विनोद खम्बु , सेरा थामी, सजिव धिमाल, माया थामी, मनिता राई, लगायत स्थानीय कलाकार तथा पुर्वको चर्चित गरिमा डान्स सेन्टर बेजोड प्रस्तुति रहेको थियो ।

कार्यक्रमको प्रमुख आकर्षण ”राई इज किङ ” तथा मेघा स्टार राजेश पायल राई विशेष प्रस्तुति रहेको थियो । चिसो मौसमको प्रभा नगरी दर्शकहरु गायक राईको प्रस्तुतिमा भरपुर मनोरञ्जन लिएका थिए । गायक राईले एक दर्जन भन्दा बढी आफ्नो गीत गाएर दर्शकलाइ मनोरञ्जन गराएका  थिए ।

साङगीतिक कार्यक्रममा दर्शकहरुको बाक्लो तथा उत्साह जनक उपस्थिति रहेको थियो । गायक राईले स्वस्थ र शिक्षा क्षेत्रको विकासको लागि रपचास हजार नगद सहयोग सहित शान्ति युवा समुहलाई प्रदान गरेको हो ।

कार्यक्रम शान्ति युवा क्लबका अध्यक्ष धिरज श्रेष्ठको सभापतित्वमा भएको हो । कार्यक्रम संचालन शान्ता  तामाङ र सन्जु राईले गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "राजेश पायल राईले तताए नलबारी, दर्शकबाट वान्स मो..." A few seconds ago

सम्बन्धित खवर