हराएको ८ मोटरसाईकल र १३ मोवाईल ईलाका प्रहरी कार्यलय बेलबारीले बुझाए – Satabdi News

हराएको ८ मोटरसाईकल र १३ मोवाईल ईलाका प्रहरी कार्यलय बेलबारीले बुझाए

२० पौष, बेलबारी । ईलाका प्रहरी कार्यालय बेलबारीले हराएको ८ वटा मोटरसाइकल र १३ वटा मोबाइल सम्बन्धित धनीलाई बुझाएको छ ।
आईतवार ईलाका प्रहरी कार्यालय बेलबारीमा पत्रकार सम्मेलन गरी प्रहरीले फेला परेको मोबाइल र मोटरसाइकल सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएको हो ।
प्रहरीले मोटरसाइकल बरामद गर्ने ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक गुणराज बुढाथोकीले बतिए । सुन्दरहरैँचा ७ का सन्तोस खत्री, निश्चल श्रेष्ठ र रोजिस राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी विश्व अधिकारीको उपस्थितिमा भएको पत्रकार सम्मेलन भएको हो । हराएका मोबाइल तथा मोटरसाईकल खोजीका लागि विभिन्न समयमा परेका निवेदनका आधारमा प्रहरीले खोजी अनुसन्धान गरेको थियो ।
यस अघी पनि विभिन्न मितिमा ईलाका प्रहरी कार्यालयले हराएको मोबाइल ३३ वटा र चोरी भएको बाइक १० वटा फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाएको थियो । मोबाइल धनीहरु हराएको मोबाइल पाए पछि निकै खुशी हुँदै प्रहरीको प्रशंसा गर्दै धन्यवाद दिएका थिए ।
बेलबारी र सुन्दरहरैचा बाट हराएका मोबाइलहरु , उदयपुर, सिराहा, सप्तरी, सुनसरी, विरगंज,मेची र मोरङबाट फेला पारेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "हराएको ८ मोटरसाईकल र १३ मोवाईल ईलाका प्रहरी कार..." A few seconds ago

सम्बन्धित खवर