१९ पौष, काठमाडौं : समाजवादी पार्टीका उपाध्यक्ष रकम चेम्जोङले समाजलाई अघि बढाउने समुदाय बौद्धिक पेशाकर्मी भएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित समाजवादी पार्टी निकट नेपाल बौद्धिक पेशाकर्मी महासंघ र आठवटा घटक संगठनहरुको समायोजन घोषणासभालाई सम्बोधन गर्दै उपाध्यक्ष चेम्जोङले त्यस्तो बताएका हुन् ।
‘समाजले बौद्धिक वर्गमाथि विस्वास गर्छ । समृद्धि र समाजवादमा पुग्ने महान् लक्ष्य पूरा गर्न बौद्धिक पेशाकर्मीहरु जुट्नुपर्दछ’ उपाध्यक्ष चेम्जोङले भने, ‘समाजवादी अभियान सफल पार्न बौद्धिक पेशाकर्मीहरुले विशेष योगदान गर्नुपर्दछ ।’
कार्यक्रममा नेपाल बौद्धिक पेशाकर्मी महासंघ र घटक संगठनहरु संघीय कानुन व्यवसायी एसोसिएसन, प्रेस नेपाल, संघीय प्राध्यापक संघ, नेपाल इन्जिनियर समाज, नेपाल चिकित्कस फेडेरेशन, राष्ट्रिय शिक्षक युनियन, नेजामति ट्रेड युनियन नेपाल र समृद्धि संजाल नेपालको समायोजन घोषणा गरिएको थियो ।
कार्यक्रममा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्षहरु नवराज सुवेदी, हिसिला यमी लगायत पदाधिकारी तथा तथा केन्दरीय सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।