भ्रमण बर्षलाई स्वागत गर्दै बेलबारी-१० भाउन्नेमा लाईभ कन्सर्ट सम्पन्न – Satabdi News

भ्रमण बर्षलाई स्वागत गर्दै बेलबारी-१० भाउन्नेमा लाईभ कन्सर्ट सम्पन्न

१७ पौष, बेलबारी । डाँगिहाट फुटबल क्लबको आयोजनामा भाउन्नेमा“लाइभ कन्सर्ट २०२०” सम्पन्न भएको छ । नेपाल भ्रमण बर्ष २०२० को स्वागत गर्दै कन्सर्टको आयोजन गरिएको हो ।

बेलबारी- १० भाउन्ने स्थित प्रस्तावित डाँगिहाट रङ्गशालामा बुधबार भएको “लाइभ कन्सर्ट २०२०” कार्यक्रममा हजारौ दर्शकको बाक्लो उपस्थिति रहेको हो । साङ्गीतिक कार्यक्रम “लाइभ कन्सर्टमा चर्चित गायक सविन राई सहित निरनय श्रेष्ठ र प्रस्न शाक्यको विशेष प्रस्तुति रहेको थियो ।

गायक राईले आफ्नो चचित गीत १ घण्टा सम्म प्रस्तुति दिएर सबैलाई नचाएका थिए । निरनय श्रेष्ठ र प्रस्न शाक्यले आफ्नो प्रस्तुति दिँदै बेलबारीको पर्यटक स्थलको बारेमा चासो देखाएका थिए । मञ्चबाट नै बेलबारीको पर्यटक स्थलको बारेमा उपस्थित दर्शकहरूलाई प्रश्न गरेका थिए । उपस्थित दर्शकको भिड्ले धम्पालगढी, बेतना सिमसार , सिर्जन पार्क, रमिते डाँडा लगायत स्थानीय पर्यटक स्थलको नाम लिनबाट भने कोही पछि हटेन्न ।

कार्यक्रममा डागीहाट फुटबल क्लबका अध्यक्ष छत्र लिम्बुको अध्यक्षतामा भएको थियो भने सञ्चालन महेश लिम्बुले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "भ्रमण बर्षलाई स्वागत गर्दै बेलबारी-१० भाउन्नेमा..." A few seconds ago

सम्बन्धित खवर