१५ पौष, उर्लाबारी । नेपालको चर्चित रियालिटि शो द भ्वाईस अफ नेपालकी उत्कृष्ट प्रतियोगी मेचु धिमाल सम्मानका लागि आफ्नो गृह नगर मोरङ उर्लाबारी आउने भएकी छिन् ।
गायिका धिमाल यहि पौष १७ गते आफ्ले प्रारम्भिक शिक्षा अध्ययन गरेको विद्यालय सुनझोडा माध्यमिक विध्यालयको २५ औं वार्षिकोत्सब तथा रजत महोत्सवमा सम्मान ग्रहण गर्न आउने भएकी हुन् ।
मेचुको प्रस्तुति नजिक बाट नियाल्न उर्लाबारी वार्ड नं २ स्थित सुनझोडा मा वि को प्रागणमा मध्यान्ह १२ बजे उपस्थिति को लागि सम्पुर्णमा हार्दिक अनुरोध छ, मात्रिका धिमालले भने, उनले आफुलाई भोट गरेर सहयोग गरेर यहाँ सम्म ल्याउने सबैलाई धन्यवाद दिने कार्यक्रम छ ।