बेलबारी नगरपालिकाले तमु ल्होसारको अवसरमा सार्वजानिक विदा दिने – Satabdi News

बेलबारी नगरपालिकाले तमु ल्होसारको अवसरमा सार्वजानिक विदा दिने

१३ पौष, बेलबारी । बेलबारी नगरपालिकाले गुरुङ समुदायको महान् पर्व तमु ल्होसारमा सार्वजनिक बिदा दिने भएको छ । आउने पौष १५ गते तमु ल्होसारको अवसरमा बेलबारी नगरपालिकाले बिदा दिएको मेयर ज्ञानेन्द सुवेदीले बताए ।

तमु हयुल छोंज धि गुरुङ राष्ट्रिय परिषरले देशभरी सार्वजनिक बिदाको माग गर्दै शान्तिपुर्ण आन्दोलन गरी रहेको बेला बेलबारीमा भने सार्वजनिक बिदा भएको हो ।

तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषद्, मोरङ जिल्लाका अध्यक्ष मन कुमार गुरुङले बेलबारी नगरपालिकालाई गुरुङ समुदायको भावनालाई सम्मान गदै सार्वजनिक बिदा दिएकोमा नगरपालिकालाई धन्यवाद व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी नगरपालिकाले तमु ल्होसारको अवसरमा सार्वज..." A few seconds ago

सम्बन्धित खवर