मिडिया नेपालद्दारा न्यानो कपडा बितरण – Satabdi News

मिडिया नेपालद्दारा न्यानो कपडा बितरण

सुबिन बिश्वकर्मा
पौष १२, बराहक्षेत्र । यदि कुनै पनि संस्था लोकप्रिय र धेरै समयसम्म बचाईराख्ने हो भने त्यसले गर्ने काम कार्बाही महत्त्वपूर्ण हुन आउछ, त्यसमा पनि सामाजिक कार्य अर्को महत्त्वपूर्ण पाटो मानिन्छ। यसर्थ विभिन्न संस्थाहरु पछिल्लो समय आफ्नो अस्तित्व अनन्तकालसम्म जोगाइराख्न पनि सामाजिक कार्यहरुमा अग्रसर भएको देखिन्छ ।

यसैबीच राप्रपा निकट पत्रकारहरुको समूह मिडिया नेपाल १ नम्बर प्रदेश कमिटीले स्थापना भएको केही समयमै सामाजिक कार्यमा अग्रसर हुन थालेको छ। बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ को अति बिकट ठाउमा रहेको बिधालयमा रहेका विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेर उसले आफ्नो सामाजिक कार्यको थालनी गरेको हो ।

बिधालयमा रहेका करिब १०६ जना विद्यार्थीलाई न्यानो कपडा बितरण शुक्रबार एक कार्यक्रम गरि सम्पन्न भएको छ । सोही बिधालयको प्राङ्गणमा भएको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका केन्द्रिय सहमहामन्त्री केदार कोईरालाको प्रमुख आतिथ्य तथा मिडिया नेपाल १ नम्बर प्रदेश कमिटीका अध्यक्ष बिजय कुमार राउतको सभापतित्वमा भएको थियो ।

त्यसैगरी बिशिष्ट अतिथिमा मिडिया नेपालका केन्द्रिय सदस्य बिकल रेग्मी तथा महेन्द्रनगर साना सहरी खानेपानी संस्थानका अध्यक्ष भवानी प्रसाद धिमाल, उपाध्यक्ष गणेश अधिकारी, राप्रपा बराहक्षेत्र नगर अध्यक्ष अर्जुन भट्टराई, नेपाली काङ्ग्रेस महिला संघकि केन्द्रिय सदस्य अनु गुरुङ, पत्रकारहरु संगम बिस्ट, सुमन सागर खतिवडा, भरत घिमिरे, सुबिन बिश्वकर्मा, बिकल पौडेल, कृष्ण भट्टराई लगाएतका अतिथिहरुको उपस्थिति रहेको थियो।

जाडो मौसममा न्यानो कपडा बितरणबाट आफुहरुले सामाजिक कामको सुरुवात गरेको भएपनि भबिष्यमा अझै थुप्रै यस्ता कामहरू गर्दै जाने कार्यक्रमका सभापति बिजय राउतले बताए।  राउत भन्छन– “ कमेडी गर्ने कलाकारहरुले देशमा मुसहर बस्ती देखि गौतम बुद्ध अन्तरास्ट्रिय क्रिकेट रंगशाला बनाउने सम्मका महान कार्यहरू गर्न सक्छन भने हामिले पनि आफ्नो ठाउबाट सक्दो गर्नुपर्छू” । मिडिया नेपाल अबका दिनमा यस्ता कार्यहरूमा अगि बढ्ने भन्दै उनले थपे मिडिया नेपाल अबका दिनमा यतिकै साघुरिएर बस्ने वाला छैन अझै धेरै कुराहरु सोचेका छौ जुन चाडै पूरा पनि गर्छौ ।

मिडिया नेपाल १ नम्बर प्रदेश कमिटीको आयोजनामा भएको उत्त कार्यक्रमा महेन्द्रनगर साना शहरी खानेपानी संस्थान बराहक्षेत्र ६ चक्रघट्टी र कुमारी बैंक बेलका शाखाको बित्तिय सहयोग रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मिडिया नेपालद्दारा न्यानो कपडा बितरण" A few seconds ago

सम्बन्धित खवर