बेलबारी – ९ नलबारीमा “ पिस म्युजिकल कन्सर्ट २०२०” हुने, राजेशपायल राईको विशेष प्रस्तुती रहने – Satabdi News

बेलबारी – ९ नलबारीमा “ पिस म्युजिकल कन्सर्ट २०२०” हुने, राजेशपायल राईको विशेष प्रस्तुती रहने

१० पौष, बेलबारी । शान्ति युवा समुह मोरङ बेलबारी– ९ नलबारीको आयोजनामा “ पिस म्इुजिकल कन्सर्ट २०२० ” हुने भएको छ । पुस १० गते पत्रकार सम्मेलन गर्दै पुस २५ गते शुक्रबार बेलबारी–९ नलबारीमा कन्सर्ट गर्न लागको आयोजकले जनाएको हो ।

“ राई इज किङू ” उपनामले परिचित लोकप्रिय गायक राजेशपायल राई, हास्य कलाकार उमेश राई ( फुलन्देकी आमा ), सेरा थामी, सन्जिब धिमाल, विनोद खम्बु, एस्तर सिन्चौरी, मोडल माया थामी, मनिता राईले प्रस्तुति रहने कन्सर्टमा गरिमा डान्स सेन्टर धरानको विशेष प्रस्तुति रहनेछ ।

नेपाल भ्रमण वर्ष २०२० लाई आफ्नो स्थानबाट स्वागत गर्न तथा लागु औषध सम्बन्धी सचेतनाका लागि ‘ से नो टु ड्रक्स ’ भन्ने नाराको साथ कन्सर्ट गर्न लागेको कार्यक्रम संयोजक धर्मराज राईले बताएको हो।

आयोजकले स्थानीयताको प्रचारप्रसार, प्रबर्द्धन तथा सम्बर्द्धन गर्न विभिन्न जातीय समुदायको साँस्कृतिक नृत्यहरु समेत प्रदर्शन कन्सर्टमा गरिने छ। कार्यक्रममा ६ लाख रुपैया खर्च हुने अनुमान आयोजक पक्षको रहेको छ। कार्यक्रमका लागि आवस्यक रकम विभिन्न संघ, संस्था तथा सहयोग दाता मार्फत जुटाइने छ।

२०५५ सालमा स्थापित शान्ति युवा समूहले हाजिरीजवाफ, साँस्कृतिक कार्यक्रम, यौन तथा सरुवा रोग सम्बन्धी अन्तरक्रिया कार्यक्रम, वृक्षारोपण, सरसफाई कार्यक्रम, लागू औषध सम्बन्धी अन्तरक्रिया, उद्घोषण कला तालिम लगायत सचेतनामूलक तथा सीपमूलक कार्यक्रमहरु गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी – ९ नलबारीमा “ पिस म्युजिकल कन्सर्ट २०२..." A few seconds ago

सम्बन्धित खवर