आज बर्षको छोटो दिन – Satabdi News

आज बर्षको छोटो दिन

आज वर्षकाे सबै भन्दा छाेटाे दिन रहेकाे छ । डिसेम्बर महिनाको २२ तारिख, अर्थात् आज वर्षकै छोटो दिन हाे । आज थोरै समयमात्र घाम लाग्ने भएकाले दिन छोटो र रात लामो हुने गर्छ । भाेलिदेखि थाेरै थाेरै दिन लामो र रात छोटा हुँदै जाने भए पनि यसको महसुष हुन भने केही समय लाग्ने ज्योतिषशास्त्रीहरु बताउँछन् ।

आज बिहान ६ बजेर ५१ मिनेटमा झुल्किएको घाम भरे बेलुका ५ बजेर १४ मिनेटमा अस्ताउने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । सबै ग्रहले आ–आफ्नै समयअनुसारले सौर्य मण्डलको परिक्रमा गरिरहेका हुन्छन् । यसैलाई आधार मानेर चलनचल्तीका दिन र गतेहरु गनिन्छ ।

पृथ्वीको उत्तरी खण्डमा सबैभन्दा छोटो दिन आज परेको हो भने दक्षिणी खण्डमा आज वर्षको सबैभन्दा लामो दिन र रात छोटो हुने गर्छ ।डिसेम्बर २०, २१ वा २३ मा दिन छोटो र रात लामो हुने गर्छ भने जुन २१, २२ र २३ मा दिन लामो र रात छोटो हुने गर्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "आज बर्षको छोटो दिन" A few seconds ago

सम्बन्धित खवर