समाजवादी बिद्यार्थी युनियन सुकुनाको अध्यक्षमा सुनिल थुलुङ राई चयन ( तस्विर सहित ) – Satabdi News

समाजवादी बिद्यार्थी युनियन सुकुनाको अध्यक्षमा सुनिल थुलुङ राई चयन ( तस्विर सहित )

०४ पौष, सुन्दरहरैचा, मोरङ। अग्रगामी र परिवर्तनशील बिद्यार्थीहरुको संगठन समाजवादी बिधार्थी फोरम र नयाँ शक्ति बिद्यार्थी युनियन सुकुना बहुमुखी क्यामपसको इकाई समायोजन भएको छ।
समायोजनबाट सुनिल थुलुङ राईको अध्यक्षतामा २१ समिती गठन भएको छ। उपाध्यक्षमा सरोज गिरि, किरण चौधरी, बिधा कार्की , इन्दिरा तामाङ, सचिव बिमल घिमिरे, सह- सचिव सतिस कार्की , स्मृती राई , कोषाध्यक्ष सोनि लिम्बू सहित २१ सदस्यीय इकाई समिती गठन भएको हो।
कार्यक्रमका प्रमुख अतिथी सबियु केन्द्रीय उपामहासचिव दिनेश दङ्गालले सबियु सधै बिद्यार्थीको पक्षमा अभिने र बिद्यार्थीको हक अधिकारका लागि सधै वकालत गर्ने संगठन बताए। समायोजन कार्यक्रमा नयाँ शक्ति बिद्यार्थी युनियानव १ नम्बर प्रदेश संयोजक कमल पोखरेल र समाजवादी बिद्यार्थी फोरम नेपाल मोरङ जिल्ला अध्यक्ष महेश यादवले सुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा सुकुना क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरु बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न कला प्रदसन गरि मनोरञ्जन प्रदान गरेका थिए। सुनिल थुलुङ राईको अध्यक्षतामा समायोजन कार्यक्रम सम्मपन्न भएको हो।
कार्यक्रम संचालन कृस्टिना घिमिरेले गरेका थिए । स्वागत मन्तव्य बिमल घिमिरेले दिएका थिए। समायोजन कार्यक्रम सुकुना क्याम्पसको सभाहलमा भएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "समाजवादी बिद्यार्थी युनियन सुकुनाको अध्यक्षमा स..." A few seconds ago

सम्बन्धित खवर