०२ पौष, इटहरी । जनता बहुमुखी क्याम्पसमा किरावि संघद्धारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार किरात राई विद्यार्थी संघ इकाइ समिति जनता बहुमुखीद्धारा २०७६ को साकेला उधौलीको अवसर पारेर सम्पूर्ण विद्यार्थीहरुमा स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको हो ।
किरात राई विद्यार्थी संघका केन्द्रिय अध्यक्ष रामचन्द्र राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन संघकी सचिव जुनु राईले गरेकी थिइन् । राष्ट्रिय गान गाएर औपचारिक उद्घाटन गरिएको उक्त कार्यक्रममा संघकी सह–सचिव सुजता राईले स्वागत मन्तव्यबाट सवागत गरिकी हुन् ।
किरात राई विद्यार्थी संघ इकाइ समितिका अध्यक्ष चन्द्र किरातीको अध्यक्षतामा आयोजित कार्यक्रममा विशेष अतिथि तथा कि.रा.वि. संघ संस्थापक सदस्य दिपेश राई, किरात राई सुम्निमा संघ सुनसरी जिल्ला अध्यक्ष सिता राई, किरात राई यायोख्खा इटहरी नगर अध्यक्ष खगेन्द्र राई, किरात राई सुम्निमा संघ इटहरी नगर अध्यक्ष बन्दना राई, जनता बहुमुखी क्याम्पस प्रध्यापक पिताम्बर सिंह राई, बद्री प्रसाद ढुङ्गेल, कृष्णकला राइ, उपन्यासकार कोपिला तामाङ्ग लगाएत विभिन्न विद्यार्थी संगठन प्रतिनिधिको उपस्थिति रहेको थियो ।