२४ मंसिर , झापा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका–४ कोटिहोम नजिकै आज भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङको अमरदह नगरपालिका–२ का २३ वर्षीय किसन साह रहेका छन् ।
सडक छेउमा रोकी राखेको ना ५ ख ७६६ नं को ट्रकमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको को ३९ प ७५४ नं को मोटरसाइकल ठोक्किँएर पुनःपश्चिम जाँदै गरेको मे १ च ४२८१ नं को कारसँग ठक्कर खाँदा मोटरसाइकल चालक साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।