अनौठो पुरुष जस्ले जन्माए बच्चा – Satabdi News

अनौठो पुरुष जस्ले जन्माए बच्चा

२० मंसिर,बेलबारी । साधारणतया सबैलाई थाहा छ कि बच्चालाई एक महिलाले जन्म दिने गर्छिन । तर अष्ट्रेलियोमा एक अपत्यारिलो घटना भएको छ । जहाँ पुरुषले नै बच्चालाई जन्म दिएका छन् ।

लिंग परिवर्तन गरी महिलाबाट पुरुष बनेका २२ जना पुरुषहरुले अष्ट्रेलियामा बच्चालाई जन्म दिएका छन् । अष्ट्रेलिया सरकारले हालै जारी गरेको तथ्यांकअनुसार गत दश वर्षमा २२ पुरुषले बच्चा जन्माएका हुन् । अष्ट्रेलियाको डिपार्टमेन्ट अफ ह्युमन सर्भिसले सार्वजनिक गरेको जन्म दरसँग सम्बन्धित तथ्यांकमा महिलाबाट पुरुष बनेकाहरुले बच्चा जन्माएको उल्लेख छ ।

यसअघि यो विषयमा कुनै आधिकारिक जानकारी सार्वजनिक भएको थिएन । यद्यपि एउटा घटनामा भने लिंग थाहा नभएको भनेर वर्गीकृत गरिएको थियो । लिंग परिवर्तन गरी पुरुष बनेकाहरुले बच्चा जन्माएपछि कतिपयले भने पुरुषत्वमाथिको चुनौतिको रुपमा टिप्पणी गरेका छन् । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "अनौठो पुरुष जस्ले जन्माए बच्चा" A few seconds ago

सम्बन्धित खवर