१७ मंसिर, बेलबारी । गएको मंसिर १४ गते सम्पन्न भएको उप-निर्वाचनको अन्तिम मत परिणाम सोमबार मात्र निर्वाचन आयोगले एक विज्ञप्ती मार्फत जारी गरेको छ ।
निर्वाचन आयोगले जारी गरेको विज्ञप्तीमा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा )ले एक प्रतिनिधि सभा सदस्य, एक प्रदेश सभा सदस्य र तीन गाउँपालिका उपाध्यक्ष , र चौबिस वडा अध्यक्ष जितेको छ, भने नेपाली कांग्रेसको तर्फबाट एक प्रदेश सभा सदस्य र एक उपमहानगरपालिकाको प्रमुख , एघार वडा अध्यक्ष जितेको छ । यसै गरि समाजवादी पार्टीको तर्फबाट चार वडा अध्यक्ष, राजपाले तीन वडा अध्यक्ष पदमा विजय हासिल गरेको छ । राष्ट्रिय जनमोर्चाले एक प्रदेश सभा सदस्य जितेको छ । स्वतन्त्रबाट एक वडा अध्यक्ष जितेको छ ।