पथरी बहुमुखी क्यामपसमा बृहत् सांस्कृतिक तथा स्वागत कार्यक्रम सम्पन्न – Satabdi News

पथरी बहुमुखी क्यामपसमा बृहत् सांस्कृतिक तथा स्वागत कार्यक्रम सम्पन्न

१६ मंंसिर, पथरी । स्वतन्त्र बिद्यार्थी युनियन पथरी बहुमुखी क्याम्पसको आयोजनामा बृहत् सांस्कृतिक तथा नव आगन्तुक बिधार्थी स्वागत कार्यक्रम भब्य रुपमा सम्म्पन्न भएको छ ।

सांस्कृतिक तथा स्वागत कार्यक्रममा बिएड, बिबियस प्रथम बर्षमा अध्ययनरत नव आगुन्तुक विद्यार्थीलाई खदा तथा अबिर लगाइ कार्यक्रमका प्रमुख अथिती प्रदेश सांसद शेखर चन्द्र थापाले स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै थापाले नव आगन्तुक बिद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न र कलेज हैन नलेज गेन गर्नु पर्ने बताए।

कार्यक्रममा क्यापसका विभिन्न संकायमा अध्ययनरत बिद्यार्थीहरुले विभिन्न नृत्य तथा गायन प्रस्तुत गरि कार्यक्रम अवधीभर मनोरञ्जन प्रदान गरेका थिए।

कार्यक्रममा विशिष्ट अथिती पथरी नगरप्रमुख दिलिप कुमार राई लगायत विभिन्न वडाका जनप्रतिनिधिहरु, समाजसेवी ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य सबियु सदस्य केशर थुलुङ राईले दिएका थिए ।

कार्यक्रम स्वतन्त्र बिद्यार्थी युनियन पथरी बहुमुखी क्यापसका सभापति गोपाल कुमार सावाँको अध्यक्षतामा भएको थियो। कार्यक्रम संचालन एलिना देवालीले गरेका थिए।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "पथरी बहुमुखी क्यामपसमा बृहत् सांस्कृतिक तथा स्व..." A few seconds ago

सम्बन्धित खवर