१६ मसिर धरान । धरान उपमहानगरपालिकामा यहि मसिर १४ गते भएको उपनिर्वाचन नेपाली काँग्रेसका तर्फबाट तिलक राई मेयर पदमा निर्वाचित भएका छन् ।
नेपाली काँग्रेस तिलक राईले २६ हजार ७०९ मत पाएका थिए भने, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रकाश राईले २३ हजार ९१४ मात्र मत ल्याएका थिए । । २ हजार ७ सय ६८ मतान्तरले उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रकाश राईलाई पराजित गरे हुन ।
शनिवारको भएको निर्वाचनमा नेपाली काँग्रेसले बहुदलपछि पहिलो पटक धरानमा जितको इतिहास बनाएको हो ।
०७४ को स्थानीय निर्वाचनमा तत्कालीन एमालेको तर्फबाट मेयरमा निर्वाचित तारा सुब्बाको गएको बर्षे निधन भएपछि उपनिर्वाचन गरिएको हो ।