१६ मसिर, इनरुवा । सिद्धबाबा भनिने कृष्णदास गिरीलाई म्याद थपको लागि सुनसरी जिल्ला अदालतमा उपस्थित गराइएको छ । गिरीलाई बिहान ११ : १५ को समयमा अदालतमा उपस्थित गराइएको हो ।
गिरीलाई बिराट नर्सिङ होमकै को १ च ४०७३ नम्बरको एम्बुलेन्स मार्फत अदालत ल्याइएको थियो । उनलाई ह्वील चेयरमा राखेर जिल्ला अदालत भित्र लगिएको छ ।
अदालतमा आउदा गिरी गेरु बस्त्र र धार्मिक झण्डा सहित थिए । उनलाई सुनसरी जिल्ला अदालतका जिल्ला न्यायधिस धर्मराज पौडेलको इजलासमा म्याद थपको लागि पेश गरिएको छ ।
अभियुक्तको स्वास्थ्य स्थिति अत्यन्त नाजुक भएको र बोल्न नसक्ने अबस्थामा रहेकाले आजै म्याद थप गर्ने कि थप उपचार पश्चात म्याद थप गरिने बिषयमा छलफल भइरहेको छ ।