काठमाडौं । अघोरी बाबाको श्रीमती चिनिएकी शारदा पाण्डेलाई महानगरीय प्रहरी वृत्त, बौद्धले उनलाई सोमबार दिउँसो नियन्त्रणमा लिएको छ ।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले शारदा पाण्डेले विदेश पठाइदिन्छु भनेर ठगी गरेको आरोप आएकोले सोधपुछका लागि नियन्त्रणमा लिइएको बताउनु भएको छ ।
प्रहरी स्रोतका अनुसार पाण्डेलाई प्रहरीले बोलाएपछि अघोरी बाबा भनिने विजय केसी पनि सँगै गएका थिए ।