राष्ट्रिय विभूति लिङ्देनको जन्म जयन्तीलाई राज्यले विशेष महत्व दिनु पर्ने समाजवादी पाटीको माग – Satabdi News

राष्ट्रिय विभूति लिङ्देनको जन्म जयन्तीलाई राज्यले विशेष महत्व दिनु पर्ने समाजवादी पाटीको माग

दमक । समाजादी पाटी १ नम्बर प्रदेश समितिले १६ औं राष्ट्रिय विभूति, किरात धर्मका महागुरु फाल्गुनन्द लिङ्देनको १३५ औं जन्म जयन्तीको अवसरमा शुभकामना व्यक्त गरेको छ ।
सोमबार प्रदेश अध्यक्ष प्रविन चाम्लिङले शुभकामना बक्तव्य जारी गर्दै सो शुभकामना व्यक्त गर्नु भएको हो । महागुरु फाल्गुनन्दले देखाउनुभएको शान्ति, अहिंसा र सत्यको बाटोमा लागिरहन सबैलाई उत्प्रेरणा मिलिरहोस् भन्दै शुभकामना व्यक्त गर्नु भएको छ । राज्य पक्षबाट राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको योगदानको कदर गरेर विभूति घोषणा गरे झैं उहाँको जन्म दिनलाई विशेष महत्व प्रदान गर्नुपर्ने बक्तव्य मार्फत् आग्रह गरिएको छ । प्रदेश नम्बर १ का विभिन्न स्थानीय सरकारहरुले फाल्गुनन्द जन्म जयन्तीमा सार्वजनिक विदा घोषणा गरेको प्रति धन्यवाद ज्ञापन गर्दै पाटीले प्रदेश सरकारलाई सो कदमबाट शिक्षा मिलोस् भनी ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "राष्ट्रिय विभूति लिङ्देनको जन्म जयन्तीलाई राज्य..." A few seconds ago

सम्बन्धित खवर