मेचु धिमाल जिताउन अभियान सुरु – Satabdi News

मेचु धिमाल जिताउन अभियान सुरु

उर्लाबारी । मोरङ उर्लाबारीकी मेचु धिमाललाई भ्वाइस नेपालमा विजयी बनाउन अभियान सुरु भएको छ । उर्लाबारी–२ निवासी २५ बर्षीया मेचु भ्वाइस नेपाल दोस्रो संस्करणको टप १२ मा परेपछि स्थानीय सर्वजित भण्डारीको संयोजकत्वमा समिति गठन गरी मेचु धिमाल जिताउ अभियान सुरु गरिएको हो ।

शनिबार सञ्चार क्लब नेपाल उर्लाबारीका पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी मेचु धिमाल अभियानमा साथ र सहयोग गर्न अपिल गरिएको छ । समितिका संयोजक भण्डारीले उर्लाबारीको शानको रुपमा मेचु धिमाललाई जिताउन अत्याधिक भोट गर्न आग्रह गर्नु भयाे । उक्त कार्यक्रममा मेचुका बुवा सन्तुलाल धिमाल, सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेत, अभियानका सल्लाहकार राजकुमार योञ्जन, पत्रकार मिलन के राउत लगायतले बोल्दै मेचु धिमाललाई जिताउन लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । अभियानका सचिव मात्रिका धिमालले प्रतिभाशाली गायिका मेचुलाई भोट गर्न सबैलाई अनुरोध गर्नुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मेचु धिमाल जिताउन अभियान सुरु" A few seconds ago

सम्बन्धित खवर