शान्ति युवा समुहद्वारा सरसफाई कार्यक्रम – Satabdi News

शान्ति युवा समुहद्वारा सरसफाई कार्यक्रम

नलबारी । लामाे समय देखि निष्क्रिय रहेकाे बेलबारी ९ स्थित शान्ति युवा समुहले पुन नविकरण गरि आफ्नो गतिविधि सुरु गरेकाे छ ।
शनिवार नलबारीमा अवस्थित समुहकाे भवनमा एक कार्यक्रमकाे आयाेजना गरि समुहले सरसफाई अभियान शुरु गरेकाे हाे । बेलबारी नगरपालिकाका कार्यपालिका सदस्य शिवनाथ धिमालले साे अभियानकाे व्यानर पढेर शुभारम्भ गर्नु भएकाे हाे । कार्यक्रममा जनप्रतिनिधि बेलबारी वार्ड नं. ९ का सदस्य गाेपाल धिमाल, नलबारी टाेल विकास संस्थाका अध्यक्ष लक्ष्मी चाैधरी, संस्थापक सचिव प्रेम बान्तवा, संस्थापक सह सचिव भरतबहादुर धिमाल, युवा समाजसेवी बावुराम चाैधरी, राई समाजका अध्यक्ष नारायण राई लगायतकाे उपस्थिति रहेकाे थियाे । साे क्लब २०५५ सालमा दर्ता भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "शान्ति युवा समुहद्वारा सरसफाई कार्यक्रम" A few seconds ago

सम्बन्धित खवर