समाजवादी पार्टीको धरानमा बसेको बैठकमा पनि यो कुरा उठेको उपमहानगर अध्यक्ष ताजुब लिम्बूले बताए । ‘वरिष्ठ नेताको पहलमा ८० करोड रुपैयाँ आइसकेको थियो, तर उपमहानगरपालिकाकै असयोगले गुम्यो’, उनले भने, ‘धरानमा सिटी हल जग्गा उपलब्ध गराउन नसक्दा ८० करोड रूपैयाँ खुस्किएको हो ।’ सिटी हल बनाउनको लागि करिब तीन बिघा जग्गा आवश्यक पर्ने भएकोले धरान उपमहानगरले जग्गा उपलब्ध गराउन नसकेको उनको कथन थियो । उनले यस कुरामा कांग्रेसले विरोध पनि जनाइसकेको बताए ।
कार्यक्रममा शहरी विकास मन्त्रालयबाट वरिष्ठ नेताको पहलमा गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा विनियोजन भएको बजेटबारे जानकारी गराएको थियो । उनकै पहलमा धरानमा करोडौं बजेट विनियोजन गरिएको सार्वजनिक गरिएको थियो।
गत आर्थिक वर्षमा धरानमा २१ करोड र चालु आर्थिक वर्षमा २ करोड २२ लाख विनियोजन भएको लिम्बूले जानकारी दिए । कार्यक्रममा नेता राईको पहलमा धरानमा छुट्टिएको बजेट सबैलाई जानकारी दिइएको थियो । कार्यक्रममा धरान उपमहानगरपालिकाभित्र सुरक्षित नागरिक आवास कार्यक्रमको लागि ४७ लाख, धरान उपमहानगर वडा नम्बर १६ जनपथ सडक वडा नम्बर १५ आडालाइन सडक, वडा नम्बर ३ जाल्पा रोड सडक उन्नतिको लागि ५ लाख, धरान उपमहानगर वडा नम्बर ५,६,१३,१४,१५ मा सेउती खोला करिडोर निर्माण कार्यको लागि १० लाख, धरान उपमहानगर वडा नम्बर ११,१३,१६,१७ र २० मा सर्दु खोला करिडोर निर्माण कार्यको लागि १० लाख, धरान उपमहानगर वडा नम्बर १५ र १७ मा इन्द्रेणी मार्गलगायत सडक ढल निर्माण कार्यको लागि १ करोड, धरान उपमहानगर २ र ३ स्थित सिंहदेवी चोकदेखि कैलाश चोकसम्म,सहरी सडक बिस्तार तथा सोलार बत्ती जडान तथा धरान उपमहानगर वडा नम्बर १७ स्थित सप्तरंगी पार्क निर्माण ५० लाख, सुनसरी जिल्ला १ नम्बर निर्वाचन क्षेत्र अन्तरगत बराहक्षेत्र नगरपालिका वडा नम्बर ८ र ९ हुँदै रामधुनी भासी नगरपालिका सिमानासम्म सडक स्तरोन्नतिको लागि ५ लाख, रामधुनी वडा नम्बर ४ बैठार हुँदै बराह ८ कुटि जितपुर चक्रघट्टि बाँगेबजार महेन्द्र गेटसम्म सडक तथा नाला स्तरोन्नति कार्यको लागि ५ लाख, बराह नगरपालिका १,२,३,४,५ देखि रामधुनी ६ र ७ सम्म सडक सञ्जाल स्तरोन्नतिको लागि ५० लाख बजेट जिनियोजन भएको जानकारी गराइएको थियो ।
आज बसेको समाजवादी पार्टीको धरान उपमहानगर समितिले बैठकले मेयर उम्मेदवार गजेन्द्र इस्वोलाई जिताउन किरात राष्ट्रिय समिति सदस्य शुभचन्द्र राईको संयोजकत्वमा ५०१ जना निर्वाचन परिचालन समिति बनाएको छ । कृष्ण लिम्बू, बिपिन इवारम, तेन्जिङ शेर्पा सहसंयोजक रहेका छन । अध्यक्ष लिम्बू सचिव रहेका छन भने सचिवालय सदस्यमा बिन पुमा राई, कृष्णबहादुर राई, हेमराज जिमी याक्खा, शम्भु राई पृथक, लक्षमी राई, निमा पोङ्स्युवा, रामकुमार राई, मदन तामाङ, जयमान साम्पाङ, शशिकुमार बिक, सागर सरगम चेम्जोङ, सुमन चेम्जोङ सहित सल्लाहकार सबै रहेको संयोजक शुभचन्द्र राईले जानकारी दिए ।