धिमाल फुटबल टिमलाई बेलबारी नगरपालिकाद्वारा जर्सी प्रदान – Satabdi News

धिमाल फुटबल टिमलाई बेलबारी नगरपालिकाद्वारा जर्सी प्रदान

बेलबारी । धिमाल राष्ट्रिय फूटबल कपको पहिलो संस्करणमा सहभागी हुने धिमाल फुटबल क्लबलाई बेलबारी नगरपालिकाले जर्सी हस्तान्तरण गरेको छ ।
बेलबारी नगरपालिकाको कार्यालयमा आइतबार एक कार्यक्रमको आयोजना गर्दै बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले जर्सी अनावरण गर्दै धिमाल जातिय विकास केन्द्र बेलबारी नगर समितिलाई हस्तारण गर्नु भएको हो । करिब ३० हजार रुपैयाँ बराबरको जर्सि टिमलाई हस्तान्तरण गरिएको छ । सो अवसरमा बोल्दै नगर प्रमुख सुवेदीले जितको शुभकामना समेत दिनुभयो ।

सो अवसरमा धिमाल जातिय विकास केन्द्र बेलबारी नगर समितिका अध्यक्ष शिवनाथ धिमाल, सचिव टिकालाल धिमाल, नगर सदस्य तथा टिम व्यवस्थापक चन्द्रबहादुर धिमाल, प्रशिक्षक सजित धिमाल, उपकप्तान राजेन्द्र धिमाल लगायतको उपस्थिती रहेको थियो । झापाको बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा जारी धिमाल राष्ट्रिय फूटबल कपको पहिलो संस्करणमा बेलबारी नगरपालिकाले मंसिर २ गते उर्लाबारी नगरपालिकाको सामना गर्दैछ । बेलबारी नगरपालिकाले नेपाल पुलिस क्लबका पुर्व कप्तान तथा हालै एनआरटिमा अनुबन्धीत खेलाडी बिक्रम धिमालको कप्तानसिपमा खेलाडी उतार्ने प्रशिक्षक सजित धिमालले जानकारी दिनुभयो । कार्तिक ३० गते देखि शुरु प्रतियोगीतामा बेलबारी, कानेपोखरी, पथरीशनिश्चरे, उर्लाबारी, दमक, कमल गाउँपालिका, बुद्धशान्ति, विर्तामोड, मेचिनगर र नक्सलबारी टिमको सहभागीता रहने आयोजक धिमाल सेवा समाजका अध्यक्ष मानबहादुर धिमालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "धिमाल फुटबल टिमलाई बेलबारी नगरपालिकाद्वारा जर्स..." A few seconds ago

सम्बन्धित खवर