लिम्बुवान मञ्चद्वारा उम्मेदवार घोषणा – Satabdi News

लिम्बुवान मञ्चद्वारा उम्मेदवार घोषणा

धरान । मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा धरानको मेयरमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालले आफ्नो उम्मेदवार घोषणा गरेको छ ।
मञ्चले शनिबार धरानमा पत्रकार सम्मेलन गर्दै मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमरबहादुर लिम्बू (अमर इजम) लाई उम्मेदवार घोषण गरेको हो । मञ्चका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा निर्वाचन परिचालन समिति संयोजक ज्ञानबहादुर गुरुङले पार्टीमा लामो समय योगदान पुर्याएको र धराने जनताको चाहना अनुसार जिल्ला अध्यक्ष इजमलाई उम्मेद्वार बनाउने निर्णय गरेको जानकारी दिनुभयो । उहाँका अनुसार चुनाव लक्षित विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ ।


मेयर पदका उम्मेदवार इजमले धरानलाई भ्रष्टचारमुक्त शहर बनाउन र विकासका योजनाहरु समयमा नै पुरा गर्नको लागि उम्मेदवार बनेको बताउनुभयो । उहाँले वर्तमान उपमहानगरको नेतृत्वले सबैलाई समेटेर हिड्न नसक्दा विकासमा अवरोध भइरहेको भन्दै आफ्नो जित भएमा सबैलाई समेटेर अघि बढ्ने पनि बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "लिम्बुवान मञ्चद्वारा उम्मेदवार घोषणा" A few seconds ago

सम्बन्धित खवर