आयोजक डाँगीहाट रातोलाई स्तब्ध बनाउदैं धरान फाइनलमा – Satabdi News

आयोजक डाँगीहाट रातोलाई स्तब्ध बनाउदैं धरान फाइनलमा

बेलबारी । ब्वाइज युनियन काठमाण्डौ र धरान फुटबल क्लब सुनसरी तेस्रो डाँगीहाट गोल्डकपको उपाधिका लागि भिड्ने भएका छन् ।
दोस्रो सेमिफाइनलमा आयोजक डाँगीहाट फुटबल क्लब रातोलाई १–० गोलले हराउदैं धरानले उपाधि भिडन्तको स्थान पक्का गरेको हो ।
मोरङको बेलबारी १० भाउन्नेमा अवस्थित प्रस्तावित डाँगीहाट रंगशालामा जारी शुक्रबारको खेलको पहिलो हाफको १० औ मिनेटमा धरानका बुद्ध चेम्जोङले निर्णायक गोल गरे । धरानका लागि निर्णायक गोलकर्ता चेम्जोङ खेलको म्यान अफ द म्याच घोषित भए । यसअघि बिहिबार भएको पहिलो सेमिफाइनलमा काठमाण्डौको चर्च ब्वाइज क्लबलाई ४–० गोलले पन्छाउदै ब्वाइज युनियनले फाइनलमा स्थान बनाइसकेको छ । ८ टोलिले सहभागिता जनाएको प्रतियोगिताको फाइनल खेल आइतबार हुने आयोजक डाँगीहाट फुटबल क्लबका अध्यक्ष छत्र लिम्बुले जानकारी दिए । गोल्डकपको बिजेताले नगद ३ लाख १ हजार, उपबिजेताले २ लाख १ हजार ट्रफि, मेडल जित्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "आयोजक डाँगीहाट रातोलाई स्तब्ध बनाउदैं धरान फाइनलमा" A few seconds ago

सम्बन्धित खवर