मुत्र-नलीमा संक्रमण भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? – Satabdi News

मुत्र-नलीमा संक्रमण भएको बेला यौन सम्पर्क गर्न हुन्छ ?

 

लगातार यौनाङ्ग आगोले पोलेजस्तो जलन वा दुखाई हुन्छ, पिसाब पोल्ने र बारम्बार पिसाब गर्न जानुपर्छ भने यसले संकेत गर्छ पिसाबनलीमा संक्रमण अर्थात युरिनरी ट्र्याक्ट इन्फेक्सन (युटिआई)को समस्या भएको छ ।

नेशनल इन्स्टिच्युट अफ हेल्थका अनुसार ४० देखि ६० प्रतिशत महिलाहरुलाई आफ्नो जीवनकालको क्रममा कम्तिमा पनि एकपटक युटिआईको समस्या भएको हुन्छ ।

यसमध्ये पनि एक चौंथाई महिलाहरुलाई एकपटक मात्रै होइन बारम्बार यस्तो संक्रमण हुन्छ ।

पुरुषको तुलनामा महिलाहरुलाई यस्तो समस्या धेरै हुन्छ किनभने महिलाहरुको मुत्रमार्ग छोटो हुन्छ । यसैकारण ई. कोलाई जस्ता ब्याक्टेरिया रेक्ट्रेमबाट सजिलैसँग शरीरमा पुग्छ ।

के यौनसम्पर्क गर्नाले यो संक्रमण बिग्रन सक्छ ?

युटिआईको समस्याबाट गुजि्ररहेको हुनुहुन्छ भने यौनसम्पर्क राख्ने बारेमा सोच्न पनि हुँदैन । विशेषज्ञहरुका अनुसार युटिआई भएको अवस्थामा यौनसम्पर्क गर्ने बारेमा सोचिरहनुभएको छ भने यसले संक्रमणको स्थितीलाई अझ नराम्रो बनाउन सक्छ ।

यसले तपाईंलाई पहिलोपटक इन्फेक्सन सुरु भएको अवस्थामै पुर्‍याउन सक्छ ।

यौनसम्पर्क गर्दा साथीलाई पनि संक्रमण सर्न सक्छ ?

युटिआई भएको अवस्थामा सेक्स गर्नाले पार्टनरलाई पनि संक्रमण हुन सक्छ भन्ने तपाईंले सोच्नुहुन्छ भने बिल्कुल गलत सोचिरहनुभएको छ । युटिआई संक्रामक हुँदैन । तर अन्य यौनरोगहरु भने यौनसम्पर्क माध्यमले पार्टनरसम्म फैलन सक्छ ।

यौन सम्पर्क गर्दा तपाईंको संक्रमण साथीलाई सरेको तपाईंलाई लागेको छ भने युटिआई नभई क्लेमिडिया वा गोनोरिया हुन सक्छ ।

यौनसम्पर्क कहिले गर्ने ?

तपाईंलाई युटिआई भएको छ भने सबैभन्दा पहिले यसको उपचार गराउनुहोस् । चिकित्सकले तपाईंको पिसाबको जाँच गरेर युटिआई भएको नभएको पुष्टि गर्छन् । यसैको आधारमा एन्टिबायोटिक औषधिहरु दिइन्छ ।

एकपटक जब तपाईं डाक्टरले बताएको औषधिहरुको सेवन गरेर पूर्णरुपमा उपचार गराउनुहुन्छ त्यसपछि केही समयमै संक्रमण निको हुन्छ । पूर्णरुपले युटिआईको लक्षण सकिएपछि मात्रै यौनसम्पर्क राख्नु तपाईंको लागि सुरक्षित हुन्छ ।

यदि उपचार पुरा भएपछि सिन यौनसम्पर्क गर्दा तपाईंलाई पोल्ने वा दुखाई महसुस हुन्छ भने यसको मतलब संक्रमण पुर्णरुपमा ठिक भएको छैन र अहिले रोकिने आवश्यकता छ भन्ने बुझ्नुपर्छ ।

संक्रमण फेरि नहोस् भनेर के कुरामा ध्यान दिने ?

यो संक्रमणबाट बँच्नको लागि केही कुराहरुमा विशेष ध्यान राख्न जरुरी छ । जस्तो कि एनल सेक्स गरेपछि भजाइनल सेक्स कहिल्यैपनि नगर्नुहोस् । एनल सेक्समा आनन्द आउँछ भने एनल सेक्सको क्रममा आफ्नो साथीले त्यो हिस्सामा कुनै घाउ, चोट नलागोस् भन्ने ख्याल गर्नुपर्छ । किनभने यसकारणलेे संक्रमण फैलन सक्छ ।

यौनसम्पर्क गरे पछि पिसाब जरुर गर्नुपर्छ किनभने पिसाब फेरेपछि कुनै पनि जनेन्दि्रयमा ढिलोसम्म रहने ब्याक्टेरिया भित्रै बस्न पाउँदैन ।

युटिआई हुने लक्षण देखिन्छ भने डाक्टरहरुले क्यानबेरीबाट निर्मित औषधिहरुको बारेमा कुरा गर्नुहोस् । यसले ई कोलाई ब्याक्टेरियालाई मुत्राशयको पर्खालको आसपास आउनबाट बँचाउछ ।

यौनसम्पर्कको क्रममा युटिआई रोक्ने तरिका

यौनसम्पर्कको क्रममा युटिआईलाई फैलनबाट रोक्नको लागि यी कुरामा विशेष ध्यान राख्नुहोस्ः

-यौनसम्बन्ध राख्नुभन्दा पहिले र पछि पिसाब गर्नुहोस ।

-यौनसम्पर्क गर्नुभन्दा पहिले आफ्नो यौनाङ्गलाई राम्रोसँग सफा गर्नुहोस् ।

-धेरै पानी पिउनुहोस् । यो ब्याक्टेरियालाई तपाईंको मुत्रपथबाट छुटकारा पाउनमा मद्दत गर्छ ।

-डायफ्राम वा शुक्राणुनाशकको उपयोग गर्भ नियन्त्रणको रुपमा नगर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मुत्र-नलीमा संक्रमण भएको बेला यौन सम्पर्क गर्न ..." A few seconds ago

सम्बन्धित खवर