सामसुङले बनायो १ हजार जीबीको मेमोरी चिप, सर्वाधिक इन्टर्नल स्टोरेज भएको स्मार्टफोन ल्याउँदै – Satabdi News

सामसुङले बनायो १ हजार जीबीको मेमोरी चिप, सर्वाधिक इन्टर्नल स्टोरेज भएको स्मार्टफोन ल्याउँदै

 

 

दक्षिण कोरियाली कम्पनी सामसुङले स्मार्टफोनका लागि विश्वमै पहिलोपटक १ टेराबाइट क्षमताको मेमोरी चिप तयार गरेको छ ।

योसँगै अब विश्वभरका मोबाइल उत्पादक कम्पनीहरुले आफ्ना डिभाइसमा यो मेमोरी चिपको सहायताले एक हजार गिगाबाइटको इन्टर्नल स्टोरेज प्रदान गर्न समर्थ हुनेछन् ।

उक्त क्षमताको मेमोरी चिपको साइज पहिलेका चिपको जत्रै अर्थात् ११.५ मिलिमिटर गुणा १३ मिलिमिटरको हुनेछ । यसको क्षमता यसअघिको अधिकतम क्षमतायुक्त ५१२ जीबीको चिपभन्दा दोब्बर हुनेछ ।

यो चिप भएको मोबाइलमा प्रयोगकर्ताले आफ्नो स्मार्टफोनमा फोर के युएचडी फम्र्याटको १० मिनेट लामो २ सय ६० वटासम्म भिडियो स्टोर गर्न सक्नेछन् । अहिलेको ६४ जीबी इन्टर्नल स्टोरेज भएको मोबाइलमा यस्तो खालका केवल १३ वटासम्म मात्र भिडियो अटाउँछन् ।

सामसुङका अनुसार यस नयाँ चिपको माध्यमबाट प्रयोगकर्ताले आफ्नो स्मार्टफोनमा पनि नोटबुककै जस्तो अनुभव गर्न सक्नेछन् भने ठूलो साइजका मल्टिमिडिया सामाग्रीहरु आफ्नो स्मार्टफोनमा लामो समयसम्म संग्रहित गर्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सामसुङले बनायो १ हजार जीबीको मेमोरी चिप, सर्वाध..." A few seconds ago

सम्बन्धित खवर