किरात राई यायोक्खा बेलायतद्वारा भाषिक संघीयता सम्बन्धि निरन्तर अन्तरक्रिया – Satabdi News

किरात राई यायोक्खा बेलायतद्वारा भाषिक संघीयता सम्बन्धि निरन्तर अन्तरक्रिया

कार्तिक २४, बेलायत । किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्यसमितले, बेलायतबासी किरात राई जातिको साझा प्रतिनिधिमूलक संस्था किराया बेलायत केन्द्रीय कार्यसमितिको वर्तमान संगठनात्मक संरचनालाई, भाषिक संघीय संगठनात्मक संरचनामा रुपान्तरण गर्ने संकल्प प्रस्ताव पारित गरे पस्चात, यसलाई अभियानकै रुपमा लिएर अघि बढ्ने निर्णय गर्दै यस सम्बन्धि पूर्ण खाका सार्वजनिक समेत भईसकेको छ । उक्त भाषिक संघीयता अर्थात संस्थाको संघीय संगठनात्मक संचरना सम्बन्धि सार्वजनिक खाका माथि निरन्तर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा छलफल, बहस र अन्तरक्रिया संचालन समेत गर्ने उदेश्य अनुरुप किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्य समितिले गत मिति ३१ अक्टोबर २०२१ को दिन संयुक्त अधिराज्य बेलायतको केन्ट काउन्टी अन्तर्गत आश्फोर्ड शहरमा अर्को भब्य अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

“मौलिकताको जगमा आधारित वृहत एकता, सबै भाषिक किरात राईहरुको समान पहँच र सहभागिता”भन्ने मूल नाराका साथ पहिलो ऐतिहासिक अन्तरक्रिया कार्यक्रम भने किराया बेलायत केन्द्रीय कार्य समिति र किराया बेलायत प्रारम्भिक कार्य समिति ग्रेटर रस्मोरको संयुक्त आयोजनामा गएको मिति ११ सेम्टेम्बर २०२१ को दिन संयुक्त अधिराज्यको फार्नबराेंमा सफलतापूर्वक सम्पन्न भएको थियो ।

किराया बेलायत केन्द्रीय कार्य समितिको कार्यवाहक अध्यक्ष चन्द्र बहादुर राईले अध्यक्षता गर्नु भएको उक्त अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि किरात राई चाम्लिङ खाम्बातिम नेपालका संस्थापक अध्यक्ष पुर्खा श्री जगत बहादुर राई रहनु भएको थियो भने विशेष अतिथिहरुमा किरात राई विद्यार्थी संघ केन्द्रीय कार्य समिति नेपालका अध्यक्ष रामचन्द्र राई, किरात राई यायोक्खा बेलायतका पुर्व अध्यक्ष पदम राई, तायामा खियामा महिला समिति युकेका अध्यक्ष रोजी राई रहनु भएको थियो । कार्यक्रममा उपस्थित महानुभावहरुलाई स्वास्थ्य एवं सुरक्षा सम्बन्धि जानकारी संस्थाका उपाध्यक्ष निलम राईले दिनु भएको थियो भने भाषिक संघीय संगठनात्मक संरचना अभियानका संयोजक उपाध्यक्ष क्याप्टेन सुमन चन्द्र राईले अन्तरक्रिया कार्यक्रममा कार्यक्रमको औचित्य माथि प्रस्ट पार्दै उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो ।

उक्त कार्यक्रमममा स्रोत व्यक्तिको रुपमा सामाजिक अभियन्ता तथा आदिबासी जनजाती चलचित्र महासंघ नेपालका सस्थापक अध्यक्ष दिपेन राई र किरात राई यायोक्खा बेलायतका केन्द्रिय सह कोषाध्यक्ष डा।महा राईले अबधाराणा पत्र प्रस्तुत गर्नु भएको थियो। आदिवासी जनजाति चलचित्र महासंघ नेपालका संस्थापक अध्यक्ष समेत रहि सक्नु भएका, सहजकर्ता दीपेन राईले, किरात राई जाति सम्बन्धि र खासगरी किरात राई जातिको साझा प्रतिनिधि मूलक संस्था किरात राई यायोक्खा यसको संगठनात्मक संरचनाकै कारण कसरी किरात राई जातिको एकता र हामी एक हौ भन्ने भावना कमजोर हुदै गयो ? भाषिक संघीय संगठनात्मक संरचना अप्नाउँदा कसरी सबै २८ भाषिक÷थरी किरात राई साथै किरात राई महिलाहरु कार्यकारी तह अथवा निर्णायक स्थानमा पुग्छन, साक्षी बस्ने मात्र नभई आफ्नो र समग्र जातिको हितमा निर्णय गर्न सक्छन ? किरात राई जातिको वृहत एकतालाई वचाउँदै बेलायतबासी किरात राई सबैले स्वामित्वबोध गर्ने गरीे साझा प्रतिनिधिमूलक संस्था किरात राई यायोक्खा बेलायत कसरी निर्माण गर्न सकिन्छ ? भन्ने आदि विषयमा सहजकर्ताको प्रस्तुती केन्द्रीत रहेको थियो ।

उक्त अन्तरक्रिया कार्यक्रममा दश भाषिक संस्थाहरु तथा समुदायहरुको उत्साहजनक सहभागिता रहेको थियो । संस्थागत सहभागिता अन्तर्गत, कुलु गुस्खाम युकेका उपाध्यक्ष क्याप्टेन भुवानी प्रसाद राई,बाहिङ किरात मुलुखिम युकेका अध्यक्ष चक्र राई, उपाध्यक्ष क्याप्टेन रघुबीर राई, सचिव प्रभुराम राई, थुलुङ राई सामा युकेका महासचिव सर्वधन राई, वाम्बुले राई समाज युकेका उपाध्यक्ष नवल राई, साम्पाङ राई जुम्लेखा युकेका अध्यक्ष शिवराम राई, उपाध्यक्ष धर्मराज राई आदि रहनु भएको थियो । भने चाम्लिङ, दुमी, पुमा, बान्तवा, लुङ्खिम आदि भाषिक समुदायबाट समेत उल्लेख्य रुपमा कार्यक्रममा प्रत्यक्ष सहभागिता रहेको थियो ।

किराया बेलायतका पूर्व अध्यक्ष पदम राईले नयाँ संगठनात्मक संरचनाको संकल्प गर्नुका कारण, संकल्प प्रस्ताव पारित भए सँगसँगै यसको खाका सार्वजनिक भएपछि यसको कार्यान्वयनमा भाँजो हाल्नेहरुको कमी नरहेको स्पष्ट पार्दै, प्रयोग गरिएको शब्द संघीयता माथि आफ्नो सपाट बुझाई राख्दै शब्दबाट नतर्सिन आग्रह गदै, साँच्चिकै किरात राई जातिको हितचाहने हो भने सबैको त्याग र समर्पणको खाँचो रहेको विचार ब्यक्त गर्नु भएको थियो ।

प्रस्तुती पछिको प्रश्नोत्तर कार्यक्रममा बक्ताहरु धेरैले आफ्नो समुदायको विशिष्टता तथा जटिलता थाहा पाउन पाउँदा आफुलाई खुशी लागेको र यस कार्यक्रमले समुदायप्रति सकरात्मक सोच सहित उर्जा मिलेको कुरा ब्यक्त गरेका थिए। संस्थाको विधान संशोधन÷पूनर्लेखन संयोजक तथा उपाध्यक्ष जीतेन्द्र साम्पाङ राईले नयाँ संगठनात्मक संरचनाको कार्यान्वयन साथै वैधानिकता माथि उठेको प्रश्नको उत्तर दिनुभएको थियो ।

टिप्पणीकारको समेत जिम्मेवारी पाउनु भएको कार्यक्रमको विशेष अतिथि, किरात राई विद्यार्थी संघ केन्द्रीय कार्य समिति नेपालका अध्यक्ष रामचन्द्र राईले आफ्नो विचार र टिप्पणी राख्ने क्रममा किरात राई जाति भित्रको विद्यमान अवस्थाको नैतिक जिम्मेवारी समेत लिन नचाहने र नसक्ने किराया का वर्तमान नेतृत्वकै कारण जातिभित्रको संकट झन गहिरिदो अवस्थामा रहेको र किराया बेलायतले आत्मसाथ गरेको भाषिक संघीयताको उन्नत विचार हामी सबैले जित्ने विचार भएको स्पष्ट पार्नु भयो । अध्यक्ष रामचन्द्रले उपस्थित विद्धत वर्गबाट उठेका सवालहरुको समेत जवाफदिनु भएको थियो ।
संस्थाको एक महत्वपूर्ण जिम्मेवारी पाएर त्यतै ब्यस्त रहनु भएको संस्थाको उपाध्यक्ष मेजर दीलकुमार राई कार्यक्रमको अन्त्यतीर सम्मिलित हुन आईपुग्नु भएको थियो । अन्तमा, कार्यक्रम संयोजक क्याप्टेन सुमन चन्द्र राईले उक्तकार्यक्रमको सार संक्षेपीकरण गर्दै, संस्थाको सम्मेलनमा सबैको ध्यानजान आवस्यक रहेकोले आगामी कार्यक्रमबारे पछि सार्वजनित सूचना जारी गरिने वाचा गर्दै उपस्थित सबैलाई धन्यबाद ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथिले आफ्नो छोटो विचार राखि सकेपछि कार्यक्रमको अध्यक्षता गरिरहनु भएको कार्यवाहक अध्यक्षले किरात राई समाजका उदाहरणीय ब्यक्तिहरुको उपस्थितिले कार्यक्रमकको सोभा र स्तर बढ्नुका साथै किरात राई जातिको सामाजिक मामिलामा सबैको उत्साह बढेर गएको प्रति खुशी ब्यक्त गर्दै अभियन्ता कार्य समिति सबैलाई हौसला मिलेको विचार ब्यक्त गर्नु भयो ।
कार्यक्रममा चियापानको सम्पूर्ण ब्याबस्थापन लेमन लीफ रेष्टुरेण्ट एण्ड बार फोक्सटनले गरेको थियो । औपचारिक कार्यक्रमको संचालन संस्थाका महासचिव चन्द्रवती राईले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "किरात राई यायोक्खा बेलायतद्वारा भाषिक संघीयता स..." A few seconds ago

सम्बन्धित खवर