भोजपुरको हतुवागढी २ दिमालुङ्ग खेल मैदानमा कला, साहित्य तथा खेलकुद प्रतियोगिता हुँदै – Satabdi News

भोजपुरको हतुवागढी २ दिमालुङ्ग खेल मैदानमा कला, साहित्य तथा खेलकुद प्रतियोगिता हुँदै

–अर्जुन राई अपहेलित


२० असोज, घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका २ स्थित कला, साहित्य तथा खेलकुद प्रतियोगिता हुने भएको छ ।

कला साँस्कृतिक संरक्षण, सम्बद्र्धन समिति हतुवागढी–२ द्धारा आयोजित उक्त प्रतियोगिता दिमालुङ्ग पूर्णे खेल मैदानमा हुने भएको हो ।

यही असोज २७ गते हुन लागेको उक्त प्रतियोगितामा हतुवागढी–२ वडाबासीले मात्र सहभागिता जनाउन पाउने छन् । प्रतियोगितामा सहभागिताको लागि २६ गते भित्र सम्पर्क गरिसक्नु पर्ने जारी सूचनामा उल्लेख गरिएको छ ।

साँस्कृतिक प्रतियोगिता अन्तर्गत लोपोन्मुख बाजा मुर्चुङ्गा, बिनायो र पात बजाउने प्रतियोगिता रहेको छ ।
उक्त प्रतियोगितामा प्रथम पुरस्कार रु. २०००/- , दोस्रो पुरस्कार रु. १२००/- र तेस्रो पुरस्कार रु. १०००/- साथमा प्रमाण पत्र प्रदान गरिने भएको छ ।

त्यस्तै टोल विकास स्तरीय डोरी तान प्रतियोगिता, ‘मेरो प्यारो हतुवागढी’ शीर्षकमा कविता प्रतियोगिता, महिला र पुरुष दुवै तर्फ खुल्ला दौड प्रतियोगिताको आयोजना गरिएको हो ।

सबै प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो बन्न सफल समूह/व्यक्तिलाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

थप जानकारीको लागि सम्पर्क नम्बर ९८६५१८४९२२ सार्वजनिक गरिएको छ ।

कार्यक्रममा कलाकार हिरण राई (टाइफिटिङ बाजे) को प्रस्तुति सँगै स्थानीय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति तथा साँस्कृतिक क्लबहरुको नृत्य प्रदर्शन, रचना वाचन, हतुवागढी–२ भित्र रहेर खेलकुद, शिक्षा र साहित्य क्षेत्रका नव प्रतिभाशाली युवाहरुलाई सम्मान गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "भोजपुरको हतुवागढी २ दिमालुङ्ग खेल मैदानमा कला, ..." A few seconds ago

सम्बन्धित खवर