बान्तावा भाषाको कार्यक्रम ‘आन खिम, आन यङ’ दुई सय अंक पुरा – Satabdi News

बान्तावा भाषाको कार्यक्रम ‘आन खिम, आन यङ’ दुई सय अंक पुरा

काठमाडौं । किरात राई बान्तावा भाषाको कार्यक्रम ‘आन खिम, आन यङ’ को २ सय भाग पुरा भएको अवसरमा शुभकामना आदानप्रदान गरिएको छ ।

शनिबार काठमाडौंको कोटेश्वरस्थित किरात राई यायोख्खा भवनमा किरात राई बान्तावा खिमका केन्द्रीय अध्यक्ष ज्ञान किरातीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो ।

‘आन खिम, आन यङ’ कार्यक्रम विगत लामो समयदेखि इन्डिजिनेस टेलिभिजन र आइ टिभिबाट प्रसारण हुँदै आएको छ ।

किरात राई बान्तावा खिम उपत्यका कार्य समितिद्धारा आयोजित एक हप्ते रेडियो तथा टेलिभिजन कार्यक्रम सञ्चालन तालिमको समापन तथा ‘आन खिम, आन यङ’ कार्यक्रमको दुई सय भाग पुरा भएको अवसरमा शुभकामना आदनप्रदान गरिएको हो ।

सो अवसरमा किरात राई बानतावा खिम उपत्यका कार्य समितिले ‘आन खिम, आन यङ’ कार्यक्रममा प्रत्यक्ष सहयोग गर्ने इन्डिजिनेस टेलिभिजन र आइ टिभिलाई कदरपत्र प्रदान गरेको थियो ।

कार्यक्रममा बोल्दै ‘आन खिम, आन यङ’ का सञ्चालक रिता राराहाङ राईले बान्तावा भाषाबाट सामान्य जानकारी गराउँदै सुरुवात गरेको कार्यक्रमले दुई सय अंक पार गर्दा आफूलाई गर्व महसुस भएको बताइन् ।

कुनै तालिम प्रशिक्षणबिना इलामको रेडियोबाट बान्तावा राई भाषाको कार्यक्रम चलाउन सुरु गरेको बताउँदै सञ्चालक रिता राराहाङले बाचिञ्जेल र सकिञ्जेल सम्म बान्तावा भाषामा निरन्तर लागि रहने प्रतिवद्धता व्यक्त गरिन् ।

बान्तावा भाषाको ‘आन खिम, आन यङ’ भन्नाले ‘हाम्रो घर, हाम्रो कुरा’ भन्ने हुन्छ । उक्त कार्यक्रममा किरात राई जातिको संस्कार संस्कृतिबारे जानकारी तथा विभिन्न विषयवस्तुलाई समेटेर बान्तावा भाषामा प्रसतुत गरिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बान्तावा भाषाको कार्यक्रम ‘आन खिम, आन यङ’ दुई स..." A few seconds ago

सम्बन्धित खवर