हतुवागढीमा सामूहिक लोक नृत्यु प्रतियोगिता हुँदै, असोज एक गते सम्म नाम दर्ता गरिसक्नु पर्ने – Satabdi News

हतुवागढीमा सामूहिक लोक नृत्यु प्रतियोगिता हुँदै, असोज एक गते सम्म नाम दर्ता गरिसक्नु पर्ने

अर्जुन राई अपहेलित

२० भाद्र, घोरेटार । भोजपुरको हतुवागढी–४ फलामढुङ्गामा खुल्ला सामुहिक लोक नृत्य प्रतियोगिताकोे आयोजना गरिएको छ ।

हतुवागढी कला साहित्य तथा सांस्कृतिक प्रतिष्ठानको आयोजना तथा प्रथम किसान स्मृति परिवारको प्रायोजनमा २०७८ असोज २ गते उक्त प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताको लागि प्रत्येक समूहमा कम्तिमा ६ जना हुनुपर्ने, गित शुद्ध लोक संस्कृतिमा सम्बन्धित हुनुपर्ने र असोज १ गते सम्ममा सहभागिताको लागि दर्ता गराइ सक्नुपर्ने जारी सुचनामा उल्लेख गरिएको छ ।

प्रतियोगितामा प्रथम हुन सफल समूहलाई रु. १२ हजार, दोस्रोलाई रु. ९ हजार र तेस्रो हुन सफल प्रतियोगी समूहलाई ६ हजार नगद र साथमा प्रमाण पत्र प्रदान गरिने जनाइएको छ ।

हतुवागढी कला साहित्य तथा सांस्कृतिक प्रतिष्ठानद्धारा गत बैशाख ५ गतेदेखि सञ्चालित १५ दिने नृत्य प्रशिक्षण बाट नृत्य विधामा के कति विधागत दक्षता हासिल भयो, समय सापेक्षका नृत्यशिपहरु आउन सके सकेन सो को मुल्याङ्कनको लागि प्रशिक्षित प्रशिक्षार्थीहरुबाट नृत्य प्रतियोगिताको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष कृपालसिंह राईले जानकारी दिए ।

कार्यक्रममा स्थानीय कलाकारहरुको गायन, नृत्य प्रस्तुति, सृजना वाचन र नृत्य प्रशिक्षणको प्रमाणपत्र वितरण समेत गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागिताको लागि सम्पर्क नम्बरः ९८४२१०८४१९, ९८४५७४७९७६ र ९८६२१६३०६९ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "हतुवागढीमा सामूहिक लोक नृत्यु प्रतियोगिता हुँदै..." A few seconds ago

सम्बन्धित खवर