धिमालकाे "गाजलु आँखाकाे" म्युजिक भिडियाे सार्वजनिक – Satabdi News

धिमालकाे “गाजलु आँखाकाे” म्युजिक भिडियाे सार्वजनिक

 उर्लाबारी– नव गायक सुरेश धिमालको ‘गाजलु आँखाको’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘टियुन एण्ड टोन इन्टरटेण्टमेन्ट’ नामक युट्युव मार्फत गायक धिमालकाे ‘गाजलु आँखाको’ म्युजिक भिडियो सार्वजनिक भएको हो । म्युजिक भिडियोमा भुवन खड्का र सीमा धिमालको फिचरिङ देख्न सकिन्छ । सो गीतको छाँयाकन मोरङ र झापाको बिभिन्न स्थलहरुमा गरिएको छ । उपेन्द्र अधिकारीकाे शब्द रहेकाे गीतलाई लेखराज ढकालले संगीत सृजना गर्नुभएको छ । दमक स्थित काब्य रेकर्डिङ स्टुडियोमा गायक सुरेश धिमालले ‘गाजलु आँखाको’ गीत रेकर्ड गराएका हुन् । गीतलाई अशोक थापाले एरेन्ज गर्नुभएको छ । मोरङ उर्लाबारीका युवा गायक सुरेश धिमालको ‘गाजलु आँखाको’ म्युजिक भिडियो दोस्रो गीति कोशेली हो । गायक धिमालले झापा, मोरङ र सुनसरीका स्टेज कार्यक्रमहरुमा आफ्नो परिचय बनाइसक्नु भएको छ । यसअघि उनको ‘रोजेर तिमिलाई’ म्युजिक भिडियो सार्वजनिक भइसकेको छ ।
https://m.youtube.com/watch?v=Ov30fwSq0co&feature=youtu.be
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "धिमालकाे “गाजलु आँखाकाे” म्युजिक भि..." A few seconds ago

सम्बन्धित खवर