ह्वेल माछाले मान्छेलाई निलेको, ३० सेकेण्डपछि ह्वेलले आफैले ओकले – Satabdi News

ह्वेल माछाले मान्छेलाई निलेको, ३० सेकेण्डपछि ह्वेलले आफैले ओकले

३ असार, काठमाडौ । समुद्रमा डाइभ हानिरहेका गोताखोरलाई ह्वेल माछाले निल्यो भने के होला ? सायद बाँच्ने सम्भावना समाप्त हुन्छ । तर कोही मानिस कालको मुखबाट पनि फुत्किन सफल हुँदा रहेछन् । अमेरिकामा एकजना मानिसलाई समुद्रमा ह्वेल माछाले निलेर पनि ओकलेको छ ।

एकजना व्यवसायिक गोताखोरलाई केप कोडस्थित तटीय क्षेत्रमा शुक्रबार बिहान हम्पब्याक ह्वेल माछाले निलेको थियो । ५६ वर्षका माइकल प्याकार्ड नामक ती गोताखोरलाई समुद्रमा १४ मिटरको गहिराइमा रहेको बेला ह्वेल माछाले खाएको थियो ।

पानीमुनि पौडिरहेको बेला एक्कासी केहीभित्र छिरेर अँध्यारो भएसँगै उनले आफूलाई सार्क माछाले खाएको हो कि भन्ने ठाने । सो ठाउँ धेरै सार्क पाइने ठाउँ हो । तर जीउमा कुनै दुखाई महसुस नभएको तथा सार्कको दाँतजस्तो घोचाई पनि महसुस नभएपछि उनले थाहा पाए कि उनी ह्वेलको मुखभित्र रहेको चाल पाए ।

आफूलाई ह्वेलले निल्ने कोसिस गरिरहेको थाहा पाएपछि उनलाई अब बाँच्दिन भन्ने लाग्यो । उनले आफ्नी पत्नी तथा बच्चाबच्चीलाई सम्झिए ।

झण्डै ३० सेकेण्ड जति आफू ह्वेलको मुखभित्र रहेको उनी बताउँछन् । श्वास फेर्ने मेसिनसँगै ह्वेलले उनलाई मुखभित्र हालेको हुनाले उनले ह्वेलको मुखभित्र रहँदा पनि श्वास फेर्न पाए ।

ह्वेलले आफूलाई निल्छ भन्नेमा उनी ढुक्क थिए । तर सौभाग्य, ह्वेलमाछा पानीको सतहमा आयो, टाउको हल्लायो र उनलाई बाहिर थुकिदियो ।
उनलाई तत्कालै नजिकै रहेका उनका सहकर्मीहरुले उद्दार गरे ।

ह्वेलले मुखभित्र हाल्ने र बाहिर जोडसँग थुक्ने क्रममा उनको खुट्टामा केही चोट लागेको छ ।

विज्ञका अनुसार ह्वेलले यसरी मानिसलाई मुखभित्र हालेको घटना निकै दुर्लभ हो । हम्पब्याक ह्वेल रिसाहा प्रकृतिको नहुने र माछा भन्ठानेर गोताखोरलाई मुखभित्र हालेको हुनसक्ने विज्ञको भनाइ छ । एपीन्यूजबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "ह्वेल माछाले मान्छेलाई निलेको, ३० सेकेण्डपछि ह्..." A few seconds ago

सम्बन्धित खवर