बेतना सिमसारको साधारण सभा गर्न मूल समिति गठन गर्ने सहमति – Satabdi News

बेतना सिमसारको साधारण सभा गर्न मूल समिति गठन गर्ने सहमति

चैत १२, बेलबारी । बेतना सिमसार सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा गर्न सर्वदलिय बैठक सम्पन्न भएको छ ।

विहिबार बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुबेदीको अध्यक्षातामा बेतना सिमसारको सभा हलमा बैठक सम्पन भएको हो । उक्त बैठकमा बिभिन्न राजनीतिक दलहरुका प्रमुख, बेलबारीका वडा अध्यक्षहरु,  बेलबारीका बिभिन्न सस्थाका अध्यक्षहरु, बेतना सिमसारका समितिका पदादिकारीहरु, सल्लाहकार लगायत सब डिभिजन वन कार्यालय बेलबारीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

उक्त बैठकबाट तीन वटा प्रस्ताबहरुमा सहमति भएका छन । बेतना सिमसार सामुदायिक बन उपभोक्ता समुहको परिचय पत्र वितरण गर्ने, परिषद सदस्य चयनका लागि मूल समिति गठन गर्ने, बेलबारीका वडा स्तरिय परिषद छनौट समिति चयन गर्ने प्रस्ताबहरुमा सहमति भएका छन । यी सबै समितिले विद्यान अनुसार ४०१ परिषद सदस्यहरु चयन गरेर ल्याए पछि परिषद सदस्यहरु भित्रबाट ६० दिन भित्रमा नया समिति चयन गरिने व्यवस्था रहेको छ ।

बेतना सिमसार संचालक समितिको कार्यकाल २ वर्ष अघिनै सकिएको भएता पनि साधारण सभा हुन् सकेको थिएन । विद्यानमा समितिले ३ बर्ष काम गर्ने व्यवस्था गरिएको छ । यस सिमसारको समितिले हस्तान्तरण गरे देखि समिति बिभिन्न बिबादमा मुछि नै रह्यो । समितिको बिरुद्धमा बेलबारी वार्ड न ४ का उपभोक्ता सदस्य भुवन सिंह राईको संयोजकमा संघर्ष समिति नै गठन गरि समितिको बिरुद्दमा अख्तियारमा मुद्धा समेत हालिएको थियो । अख्तियारले समितिलाई केरकार गरे पनि क्लिन चिट दिइ नसकेको समितिका एक सदस्यले सताब्दी न्युजलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेतना सिमसारको साधारण सभा गर्न मूल समिति गठन गर..." A few seconds ago

सम्बन्धित खवर