बेलबारीको खानेपानीमा संयुक्त गठबन्धनको प्यानल विजयी, अध्यक्षमा रुकमिणी – Satabdi News

बेलबारीको खानेपानीमा संयुक्त गठबन्धनको प्यानल विजयी, अध्यक्षमा रुकमिणी

चैत ८, बेलबारी । बेलबारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितीको अध्यक्षमा सयुक्त साझा गठबन्धनको तर्फबाट रुक्मीणी धिमाल निर्वाचित भएका छन ।

शनिबार बेलबारीको भगवती उच्च मा.विमा भएको निर्वाचनमा धिमालले ७५२ मत प्राप्त गर्दै अर्का प्रत्यासी उम्मेदवार  गौतमलाई ५६५ मतले पछि पार्दै जित हासिल गरेको छन् । खेम गौतमको मत भने १८७ मत मात्र आएको थियो । त्यसैले गरी उपाध्यक्षमा केशब घले, सचिवमा जगतबहादुर क्षेत्री निर्विरोध निर्वाचित भएको छन् । त्यसै गरी कोषाध्यक्षमा तोसित सुवेदीलाई हराउदै डिल्लीराज गिरी चयन भएका हुन् । उनले ५३९ मत प्राप्त गरे भने अर्का कोषाध्यक्ष उम्मेदवार तोसित सुवेदीको ३७७ मत प्राप्त गरेका थिए । त्यसै गरी खुल्ला सदस्य प्रेमबहादुर गुरुङले ६६३ मत प्राप्त गरेका थिए भने अर्को खुल्ला सदस्यमा गणेश भण्डारीले ६०६ मत प्राप्त गरेका थिए । यसै गरी महिला सदस्यमा बबिता राई, शर्मिला लुङगेली मगर र सीतादेवी बाँस्तोला यस अघि नै निर्विरोध निर्वाचित भएका थिए ।

निर्वाचनमा संयुक्त गठबन्धन समुहको प्यानलमा सहित विजयी भएका हुन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पाटीको संयुक्त अध्यक्षको तर्फबाट रुक्मिणी धिमालले अध्यक्षको उम्मेदवारी दिएका दियो । त्यसैगरी नेकपा एमाले ओली पक्षका तर्फबाट खेम गौतमले उम्मेदवारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीको खानेपानीमा संयुक्त गठबन्धनको प्यानल व..." A few seconds ago

सम्बन्धित खवर