तिन दलको गठबन्धनका साझा उम्मेदवारको पत्रकार सम्मेलनगरि घोषणा – Satabdi News

तिन दलको गठबन्धनका साझा उम्मेदवारको पत्रकार सम्मेलनगरि घोषणा

बेलबारी। बेलबारी साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यहि चैत ७ गते हुने निर्वाचनमा नयाँ नेतृत्व चयनकालागि तिन दलिय वठबन्धनले आफ्नो साझा उम्मेदवार आज पत्रकार सम्मेलन गरि बुधबार सार्बजनिक गरेका छन्। नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले गठबन्धन बनाएर उमे्दवारी दिएका छन् ।

जनता समाजबादी पार्टीबाट उपाध्यक्ष केशब घले र महिला सदस्य मा बबिता राई , नेकपा मावोबादी केन्द्रबाट सचिब पदमा जगत क्षेत्री र महिला सदस्यमा शर्मिला मगर र नेपालि कांग्रेशबाट महिला सदस्यमा सीतादेवी बाँस्तोला निर्बिरोध निर्बाचित भैसकेका छन। त्यसैगरि चैत ७ गते हुने निर्बाचनमा अध्यक्ष , कोषाध्यक्ष र २ खुल्ला तर्फ पुरुष सदस्यको लागि निर्बाचन हुने छ। अध्यक्ष तर्फ नेपाली कांग्रेशबाट रुकमणि धिमाल, कोषाध्यक्षको लागि डिल्लीराज गिरी (उत्तम)  र खुल्ला पुरुष तर्फ  सदस्यको लागि नेपालि कांग्रेसका प्रेमबहादुर गुरुङ र गणेश बस्नेत उम्मेदवार रहेको सार्बजनिक गरिएको थियो। त्यसैगरी निर्बिरोध निर्बाचित उपाध्यक्ष ,सचिब र महिला सदस्यहरु पनि कार्यक्रममा उपस्तिथी थियो।

गठबन्धनबाट अध्यक्ष पदकी उमेद्वार रुक्मिणी धिमालले आफ्नो प्राथमिकता सहितको प्रतिवद्धता प्रस्तुत गर्नुभएको थियो । धिमालले आफु वर्तमान कार्यसमितिमा रहेर ६ बर्ष अनुभव संँगालेकोले त्यस अनुभवलाई संस्थाको हितमा कार्यन्वयन गर्ने बताउनुभयो । धिमालले आफुहरुको पहिलो प्राथमिकता वडानम्बर २ मा रहेको खानेपानी आपुर्तीको समस्यालाई समाधान गर्ने , धारा विस्तार हुन बाँकी क्षेत्रमा विस्तार गरेर सबै उपभोक्तालाई सहज रुपमा पानी उपलब्ध गराउने,सार्बजनिक ठाउ मा निशुल्क खाने पानि को बेवास्था गर्ने , संस्थामा सुसासन कायम गर्दै खर्च कम गर्ने र बक्यौता ऋण क्रमैसँगै तिर्दै जाने समेत उहाँले बताउनु भयो ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका महासमिति सदस्य नगेन्द्र कट्टेल,नेकपा माओवादी केन्द्र बेलबारी नगर कमिटीका अध्यक्ष पर्शुराम सुवेदी, जनता समाजवादी पार्टीका नगर अध्यक्ष तिलक राईले संस्थामा सबल नेतृत्वका लागि गठबन्धन गरिएको भन्दै मतदानका लागि आग्रह गर्नुभएको थियो । कार्यक्रममा नेकपा मावोबादी केन्द्र का नेता तिलक प्रसाद राई ले पनि गठबन्धन को उम्मेदवार लाई जिताउन आग्रह गर्नु भय। कार्यक्रम मा जनता समाजबादी पार्टी का नेता शान्ता तामाग ,केशव थापा मगर , अशोक गुरुङ , त्यसै गरि कांग्रेश बाट नेता राजेश कार्की ,केदार अधिकारी,राजेश खत्री , मावोबादी केन्द्रका नेता धर्म कट्टेल लगायत तिनवटै दलका विभिन्न तहका संगठनमा आवद्ध नेताहरु र विध्यार्थी नेताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

गठबन्धनको चुनाव प्रचार प्रसार समितिले बेलबारी १ स्थित रिभरसाईड रिसोर्टमा बुधबार पत्रकार सम्मेलन आयोजना गरेर उमेद्वार परिचय तथा प्रतिवद्धता सार्वजनिक गराएको हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "तिन दलको गठबन्धनका साझा उम्मेदवारको पत्रकार सम..." A few seconds ago

सम्बन्धित खवर