'खानेपानिमा अब हाम्रो नेतृत्व हुने छ' जसपा अध्यक्ष तिलक राई ,बेलबारी – Satabdi News

‘खानेपानिमा अब हाम्रो नेतृत्व हुने छ’ जसपा अध्यक्ष तिलक राई ,बेलबारी

बेलबारी मोरंग।  बेलबारी साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको साधारणसभा यहि मिति २०७७ चैत्र ७ गते हुदै छ। बर्षौ अघि निर्बाचित समितिको कार्याकाल सकीए पनि साधारणसभा हुन्सकेको थिएन। अबको साधारण सभाबाट नया समिति चयन हुनेछन । यसकालागि नेपालि कांग्रेस , नेकपा एमाले ,जनता समाजबादी पार्टी र नेकपा एमावोबादी पनि भित्रिरुपमा नेतृत्व लिनको लागि कसरतशुरु गरिरहेकाछन। सकेसम्म निर्बाचनमा नजाने,राजनीतिक दलहरुबीचमा सहमतिमा समाबेसी नेतृत्व चयनगर्ने क्षलफल भैरहेको बर्तमान अध्यक्ष महेन्द्र सुबेदीले बताए। यसैगरि जनता समाजबादी पार्टीका बेलबारी नगर अध्यक्ष तिलक साम्पाङ्ग राईले निर्बाचन भएमा हाम्रो पार्टी पनि अध्यक्ष सहित प्यानल नै चुनाबमा जाने बताए। बिगत लामो समय सम्म एमाले र कांग्रेसको नेतृत्व रहे पनि खानेपानीमा खासै प्रगति नभएको , जनता संग स्वास्थ्य संग प्रत्यक्ष जोडिएको खानेपानी प्रत्येक वडाको घर घरमा पुराउन नसकेको, नियमित पानी वितरण गर्न नसकेको, खानेपानीको एडीबी बैंक संग लिएको ऋण तिर्न नसकेको आरोप लगाए। त्यसैले अब हाम्रो नेतृत्व निर्बाचित भई खानेपानी सस्थामा पुगेमा धेरै ठुलो सुधार हुने , खानेपानीको एडीबी बैंक संग लिएको ऋण , बाकि बक्यौता तिर्ने साथै सबै बेलबारीबासी जनताको घर घरमा धारा जोडिने, पानी महशुल सस्तो गरिने  सताब्दी न्युज संग बताए।

अघिल्लो चुनाबमा कांग्रेस र पुर्व संघिय समाजबादी पार्टी मिलेर महेन्द्र सुबेदीको नेतृत्वमा चुनाब लडेका थिए र नेकपा एमालेका अध्यक्ष उमेद्वार ज्ञानेन्द्र सुबेदीलाई हराएका थिए। पुर्व संघिय समाजबादी पार्टीको तर्फबाट उपाध्यक्षमा मोहन गुरुङ र सदस्यमा मिनु राई निर्बाचित हुनु भएको थियो।ज्ञानेन्द्र सुबेदी हाल बेलबारी नगर पालिका मेयर हुनुहुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "‘खानेपानिमा अब हाम्रो नेतृत्व हुने छ̵..." A few seconds ago

सम्बन्धित खवर