दिलेन्द्र राई स्मृती तेस्रो सिद्धार्थ नकआउट फुटबल उपाधीको लागि गाइघाट र राजाबास भिड्ने । – Satabdi News

दिलेन्द्र राई स्मृती तेस्रो सिद्धार्थ नकआउट फुटबल उपाधीको लागि गाइघाट र राजाबास भिड्ने ।

दिलेन्द्र राई स्मृती तेस्रो सिद्धार्थ नकआउट फुटबल प्रतियोगिताको उपाधी भिडन्तका लागि गाइघाट फुटबल क्लब उदयपुर र राजाबास फुटबल क्लब सुनसरी भिड्ने भएको छ ।

सेमिफाइनल खेलमा गाइघाट फुटबल क्लबले पञ्चायन फुटबल क्लबलाई र राजाबास फुटबल क्लबले इटहरी फुटबल क्लबलाई समान २(१ गोल अन्तरले पराजित गर्दै फाइनल भिडन्त सुरक्षित गरेको हो ।

फाइनल खेल माघ ३० गते शुक्रबार सोनाम ल्होछारको दिन दिनको १ बजेदेखि इटहरी ३ तामाङ्ग टोल खेल मैदानमा बृहत् साँस्कृतिक कार्यक्रम सहित हुने आयोजक समितीले जनाएको छ । प्रतियोगिताको बिजेता र उप(बिजेताले क्रमश नगद रु ५१०००/- र ३१०००/- ट्रफी,मेडल प्रमाण पत्र प्राप्त गर्ने पनि आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "दिलेन्द्र राई स्मृती तेस्रो सिद्धार्थ नकआउट फुट..." A few seconds ago

सम्बन्धित खवर