जन्मदिनको अवसरमा असहाय वृद्ध परिवारलाई सहयोग  – Satabdi News

जन्मदिनको अवसरमा असहाय वृद्ध परिवारलाई सहयोग 

बेलबारी । सामान्यता मान्छेले आफ्नो जन्मदिन घुमघाम गरेर , खानपिन गरेर , अथवा भेटघाट गरेर मनाउने गर्दछन । तर मेनुका याम्फुले एक असहाय वृद्ध परिवारलाई खाध्ययन लगायत आर्थिक सहयोग गरि फरक तरिकाले मनाएका छन ।

सानै उमेरमा समाजसेवामा लागेका याम्फु मानव सेवानै उतृष्ट कर्म हो भन्ने मान्यता राख्दछन । कलिलो उमेरमा असहाय, दुखी गरिबको सहारा बन्दै आएका याम्फुले धनकुटा जिल्लाको साघुरीगढि निवासी बर्ष ८१ का नरमान परियार परिवारलाई लत्ताकपडा, खाध्ययन र केहि नगद प्रदान गरेका छन ।

अत्यन्त कमजोर आर्थिक अवस्थामा बस्दै आएका नरमान परियारको विगत ८ बर्ष देखि प्यारालाइसिसका कारण शरिरको एक भागले काम गर्दैन । परियारका ८४ बर्षिय श्रीमती संग बस्दै आएका छन ।

सामाजिक अभियान्ता मेनुका याम्फु , अनुकला राई , सुकपाल लिम्बू लगायतको नेतृत्व संकलित रकम २१ हजार १ सय रुपैयाँ वृद्ध परियारलाई हस्तान्तरण गरेका थिए । अभियान्ता रोमन वाम्बुले राई , निसान राईले सिरक , डस्ना प्रदान गरेका थिए ।

एक छोरा भएको पनि बिदेशमा बेपत्ता अवस्थामा रहेकाले बुढेसकालमा बेसाहारा जस्तो अवस्था बस्न परेको नरमान परियारले बताए ।
ब्ब

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "जन्मदिनको अवसरमा असहाय वृद्ध परिवारलाई सहयोग " A few seconds ago

सम्बन्धित खवर