वरिष्ठ नेता राईद्वारा अति विपन्नलाई सिरक प्रदान – Satabdi News

वरिष्ठ नेता राईद्वारा अति विपन्नलाई सिरक प्रदान

नरेश विश्वकर्मा
जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोककुमार राईले सुनसरीको रामधुनी नगरपालिकाको वडा नं ६ र ७ का १८ जना अति विपन्न परिवारलाई जाडोमा फाईवर सिरक प्रदान गर्नु भएको छ ।

माघ १३ गते सुनसरीको रामधुनी वडा नं ६ मा पार्टीको नगर कमिटीको आयोजनामा ६ नं वडा कमिटी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमका बिच वरिष्ठ नेता राईले वडा नं ६ का कुबिर लिम्बू,पृथ्वी राई, विपन विक, वालकृष्ण राजधामी,मनोदेवी चौधरी,कोलदेवी चौधरी त्यस्तै वडा नं ७ का दुनिया देवी थरुनी,लिला कुमार राई, दसनी सदा, पानो सदा, रक्सी राजधामी,दुःखनी थरुनी,लोली थरुनी, टेक वा.राई, बुधमाया परियार, मौली राजधामी, सन्फा सदा, अभाली सदा लगायत अति विपन्न समुदायका बृद्ध(बृद्धा,अपाङ्ग,अशक्तहरुलाई सिरक प्रदान गर्नु भएको हो ।

पार्टीका वरिष्ठ नेता राईको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेस,नेकपा,राप्रपा लगायत पार्टी परित्याग गरि दर्जनौँको संख्यामा जसपा प्रवेश गरेका छन् । उनीहरुलाई वरिष्ठ नेता राईले खादा लगाएर सम्मानका साथ पार्टी प्रवेश गराउनु भयो । यसैबिच पार्टीको रामधुनी ६ नं वडा कमिटी समेत गठन भएको छ । शिलास राईको अध्यक्षतामा गठित वडा समितिको उपाध्यक्षमा प्रविन राई, सचिवमा मनोज लिम्बू, सहसचिवमा भीम राई, कोषाध्यक्षमा ममता चौधरी, सदस्यहरुमा सुमन राई, निश्चल तामाङ्ग, वीरवल राई, जीवन राई, संगीत भुजेल, नगेन्द्र लिम्बू र मनोज राजधामी रहेका छन् ।

कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य पर्शुराम बस्नेत, प्रदेश कमिटी सदस्यद्वय राममानडुपा राई तथा कृष्ण लिम्बू, जिल्ला अध्यक्ष भगिरथ खत्वे,सचिव प्रदिप कार्की लगायत नेताहरुको उपस्थिति रहेको थियो । उपस्थित जनसमुदाय तथा अतिथीहरुलाई उपाध्यक्ष पञ्चबहादुर राईले स्वागत गरेका थिए भने कार्यक्रम संचालन रामधुनी नगर कमिटी अध्यक्ष राम खड्काले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "वरिष्ठ नेता राईद्वारा अति विपन्नलाई सिरक प्रदान" A few seconds ago

सम्बन्धित खवर