प्रकृतिद्वारा बालबिकास केन्द्रलाई सहयोग – Satabdi News

प्रकृतिद्वारा बालबिकास केन्द्रलाई सहयोग

 

नरेश विश्वकर्मा 

धरान २० देवीगाउँमा रहेको जनजागरण बालबिकास केन्द्रलाई प्रकृति बचत तथा ऋण सहकारी सँस्था लि. धरान १२ ले आफ्नो ११औं वार्षिक उत्सवको अवसरमा ३ थान टी(टेवल,१२ थान प्लाष्टिक टुल (पिर्का), १३ मिटर फाईवर म्याट सहित १० हजार रुपैयाँ बराबरको सामग्री प्रदान गरेको छ ।

हिउँदको महिना कठ्याङ्ग्रिदो जाडोमा समेत भुईँमै बसेर पढ्न पर्ने बाध्यता,न त सजिलोसंग लेखपढ गर्ने टेवलनै थियो । यस्तो दयनीय अवस्था देखेपछि धरानमा ग्रिन टि संचालन गर्दै आउनु भएकी लिलिस पोमुले केहिदिन अगाडि १ थान टी(टेवल प्रदान गर्नु भएको  समाचार प्रबोध साप्ताहिक पत्रिकामा प्रकाशित भएपछि धरानमै प्रकृति बचत तथा ऋण सहकारी सँस्था संचानल गर्दै आईरहनु भएकी कमला सुब्बाको मन छोयो अनि उहाँकै सक्रियता र विशेष पहलमा सोहि सँस्थाका ब्यवस्थापक खगेन्द्र कोईराला,लेखा संयोजक उर्मीला मोहोते ,अशोक राई,उर्मीला राई,शुक्रा कटुवाल,निर्मला राई लगायतको समूहले  प्रकृति बचत तथा ऋण सहकारी सँस्था लिमिटेडको ११ वार्षिक उत्सवको अवसरमा यहि माघ १० गते बाल विकास केन्द्रलाई सो सामग्री केन्द्रकी प्रमुख शिक्षिका शारदा राईलाई प्रदान गरेका छन् ।

यसैबिच आफ्ना स्वर्गीय पिता नरबहादुर मोहोतेको स्मृतिमा उहाँकी छोरी प्रकृति बचत तथा ऋण सहकारी सँस्थाकी लेखा संयोजक उर्मीला मोहोतेले  सो बालबिकास केन्द्रमा अध्ययनरत बालबालिकाहरुका निम्ति रु.१०५० (एकहजार पचास) नगद सहयोग समेत प्रदान गर्नु भयो । २०७२ सालमा स्थापना गरिएको जनजागरण बालबिकास केन्द्रप्रति आजसम्म न त राज्यको नजर परेको छ न त सम्बन्धित निकायको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रकृतिद्वारा बालबिकास केन्द्रलाई सहयोग" A few seconds ago

सम्बन्धित खवर